खोजि गर्नुहोस..

लिङ्देनको व्यंग्य : नीति कार्यक्रममा प्रधानमन्त्रीकै जिल्लामा मेडिकल कलेज !

१३ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्रीले आफ्नो गृह जिल्लामा मेडिकल कलेज स्थापना गर्ने विषय नीति तथा कार्यक्रममा पारेको भन्दै व्यंग्य गरेका छन् ।शुक्रबार सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले मन्त्रीहरुले पनि आफ्नो जिल्लामा ठूला–ठूला सडक बनाउने कार्यक्रम पारेको आरोप लगाए ।

‘पाँचौं चोटी प्रधानमन्त्री भएको व्यक्तिले ल्याएको नीति तथा कार्यक्रममा आफ्नो गृह जिल्लामा मेडिकल कलेज स्थापना गर्ने राख्नुभयो । मन्त्रीजीहरुको जिल्लामा ठूलो ठूलो बाटो बनाउने नीति तथा कार्यक्रममा छ । देशको नीति तथा कार्यक्रम यही हो ?,’ उनले भने ।लिङ्देनले किसानले मल बिउ समेत नपाएको भए पनि नीति तथा कार्यक्रममा त्यस्ता विषय नपरेको भन्दै सरकारको प्राथमिकता के हो भनेर समेत प्रश्न गरे । ‘चुनाव आउँदै छ सबैले आआफ्नो कुरा टिपाइहालौं भनेर नीति तथा कार्यक्रममै राख्नुभयो,’ उनले भने, ‘बजेटमा त ठिकै थियो । नीति तथा कार्यक्रममै आयो ।’

उनले तीन करोड पनि जनसंख्या नभएको देशका लाखौं युवा विदेशमा जानु विडम्बनापूर्ण भएको समेत टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *