खोजि गर्नुहोस..

सरकारले पालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिने

काठमाण्डाै  ।  सरकारले पालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिने भएको छ ।महानगर, उपमहानगर र नगरपालिका प्रमुख–उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षलाई स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी दुई दिने तालिम दिइने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

तालिममा पालिकाका काम, कर्तव्य र अधिकार तथा व्यावहारिक समस्या र समाधानका विषयमा जनप्रतिनिधिलाई प्रष्ट पारिने मन्त्रालयको भनाइ छ । सङ्घीय मामिला मन्त्रालय र प्रदेश सरकारसँगको सहकार्यमा तालिम हुन लागेको सूचनामा उल्लेख छ ।  प्रदेश १ र सुदूरपश्चिमका जनप्रतिनिधिलाई जेठको २५ र २६ गते, मधेस, गण्डकी र कर्णाली प्रदेशका जनप्रतिनिधिलाई जेठको २७ र २८ गते तथा बाग्मती र लुम्बिनी प्रदेशका जनप्रतिनिधिलाई जेठको ३० र ३१ गते तालिम दिइने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *