खोजि गर्नुहोस..

कपिलवस्तु नगरपालिका नगर कार्यपालिकाको सदस्यका लागि हुने निर्वाचनमा काँग्रेस र जसपाबिच गठबन्धन

कपिलवस्तु । कपिलवस्तु नगरपालिका नगर कार्यपालिकाको ८ जना सदस्यका लागि हुने निर्वाचनमा काँग्रेस र जसपाबिच गठबन्धन भएको छ। दुवै पाटी मिलेर कार्यपालिका सदस्य निर्वाचनमा जाने निर्णय भएको हो। सोमबार तौलिहवामा दुई पार्टीका नेताहरू बिच भएको बैठकपछि कार्यपालिकाको निर्वाचन मिलेर चुनाव लड्ने सहमति भएको काँग्रेसका नगर सभापति खुर्सेद अहमद खाले बताए। ८ जना सदस्यका लागि हुने निर्वाचनमा दुवैले चारचार जना सदस्य लिने गरी सहमति भएको हो  ।

यस्तै जसपाले २ महिला र २ अल्पसंख्यक वा दलितबाट सदस्य पाउने गरी सहमित बनेको हो। २२ सदस्यीय कार्यपालिकामा ८ जना सदस्य निर्वाचित भएर आउनेछन् भने २ वडाध्यक्ष, एक नगर अध्यक्ष र एक नगर उपाध्यक्ष सदस्य रहनेछन्। यस्तै कार्यपालिकाको सचिवमा प्रमुख प्रशासकीय अधिकृत रहने प्रावधान छ। नगरपालिकाबाट नगर प्रमुख, उपप्रमुख वडाध्यक्ष, वडा सदस्य गरी कुल ६२ नजा निर्वाचित भएर आएको प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेले बताए। जेठ ८ गते नै नगर कार्यपालिकाको निर्वाचन प्रक्रिया सुरु भइसकेको उनले बताए। जेठ ८ गते मतदाताको नामावली प्रशासन भइसकेको छ।

यस्तै जेठ १० गते उम्मेदवारको मनोनय पत्र दर्ता हुनेछ भने जेठ १५ गते निर्वाचन हुनेछ। निर्वाचित भएर आएकामध्ये २ जना जसपाबाट, २१ जना काँग्रेस, १८ जना एमाले र एकजना लोसपाबाट निर्वाचित भएर आएका छन्। काँग्रेस र जसपा मिले स्पष्ट बहुमत हुनेछ। यस्तै जिल्लाका अन्य ८ पालिकामा समेत नगर र गाउँपालिका निर्वाचनको तयारी गएिको छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *