खोजि गर्नुहोस..

३४ हजार ७४१ पदमा जनप्रतिनिधि निर्वाचित : कुन दलबाट कति ?

काठमाण्डाै ।  पालिका चुनाव–२०७९ अन्तर्गत ३५ हजार २२१ पदमध्ये निर्विरोधसहित ३४ हजार ७४१ पदमा जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका १३ हजार ६३०, नेकपा (एमाले) का ११ हजार ७७६, नेकपा (माओवादी केन्द्र) का ५ हजार १९, जनता समाजवादी पार्टीका १ हजार ५३३, नेकपा (एकीकृत समाजवादी) का ९७९, लोकतान्त्रिक समाजवादी पार्टीका ५८१, राष्ट्रिय प्रजातन्त्र पार्टीका ३०३, राष्ट्रिय जनमोर्चाका १५९, नागरिक उन्मुक्ति पार्टीका ९९ जना विभिन्न पदमा निर्वाचित भएका हुन् ।

यस्तै जनमत पार्टीका ९६, नेपाल मजदुर किसान पार्टीका ८५, जनता प्रगतिशील पार्टीका १७, तराई मधेस लोकतान्त्रिक पार्टीका १२, विवेकशील साझाका ११, नेपाल जनता पार्टीका १०, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नौ, नेपाल लोकतान्त्रिक पार्टीका सात, राष्ट्रिय जनमुक्ति पार्टीका सात, नेपाली कांग्रेस (विपी) का सात, बहुजन शक्ति पार्टीका छ, बहुजन एकता पार्टी नेपालका पाँच, नेपाल सुशासन पार्टीका चार, नेकपा माओवादी समाजवादीका दुई, नेपाल सद्भावना पार्टीका एक र स्वतन्त्रका ३ सय ८३ जना निर्वाचित भएका छन् । पछिल्लो पटक पोखरा र ललितपुर महानगर र रौतहटको गढीमाई नगरपालिकाको नतिजा सार्वजनिक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *