खोजि गर्नुहोस..

बुद्धभूमि १ कपासीमा अबैध चुनढुंगा डम्पिङले सास्ती

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर १ कपासीमा रहेको अबैध चुनढुंगा डम्पिङको कारणले स्थानीयले सास्ती सहनु परेको छ । बुद्धभूमि नगरपालिकाका पूर्व जनप्रतिनिधिको शक्तीको आडमा स्थानीयको विरोध हुँदा पनि डम्पिङ राखेको कारणले समस्या भएको बताए ।

‘ हामीले बोल्यो भने थर्काउने समूह छ । विरोध गर्यो धम्की आउछ । त्यसैले स्थानीय बोल्न सक्दैनन् ’ स्थानीय एक युवाले बताए । नरपानिबाट उत्खनन् गरेको चुन ढुंगा कपासीमा डम्प गरि सिमेन्ट उद्योगमा ओसार पोसार गर्ने गर्दछन् । चुन ढुंगा बोक्ने टिप्पर कै कारणले कालोपत्रे गरेको सडक ध्वस्त भएको छ तर जनप्रतिनिधि भने मौन रहेको स्थानीय बताउछन् । चुनढुङाको धुलोको कारण नजिकको खेती योग्य जमिन , विद्यालय र समुदायलाई प्रत्यक्ष असर परेको छ । बुद्धभूमि नगरपालिकामा पूर्व जनप्रतिनिधिले अबैध डम्पिङ रोक्नुको साटो आफ्नै टिप्पर प्रयोग गर्ने गरेको स्थानीयहरु बताउछन् । प्रचलित नियम कानुन अनुसार विद्यालय क्षेत्र, मानव वस्ती बरपर डम्पिङ राख्न पाईदैन तर नेपाली काँग्रेस बाग्मती संसदीय दलका नेता इन्द्र बानियाको कम्पनीले शक्तीको आडमा नियम विपरीत डम्प गरेको स्थानीयको आरोप रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *