खोजि गर्नुहोस..

पालिका चुनावको लागि देशभर मतपत्र ढुवानी सकिएको र जिल्लाबाट मतदान केन्द्रसम्म पुर्याउने काम तीव्र

काठमाण्डाै । आउँदो शुक्रवार हुने पालिका चुनावको लागि देशभर मतपत्र ढुवानी सकिएको निर्वाचन आयोगले जनाएको छ  आयोगकाअनुसार चुनावको लागि आवश्यक पर्ने सबै सामग्री जिल्लामा पुगिसकेको र जिल्लाबाट मतदान केन्द्रसम्म पुर्याउने काम तीव्र रुपमा भइरहेको छ । मतपत्रसहितका ५८ प्रकारका सामग्री केन्द्रसम्म पुर्याउने काम भइरहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

पालिका चुनावको लागि आयोगले १ करोड ९४ लाख थान मतपत्र छपाएको छ । निर्वाचनमा आयोग, जिल्ला निर्वाचन कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, मतदान स्थल र मतदान केन्द्रमा गरी २ लाखभन्दा बढी कर्मचारी चुनावमा खटाइएको छ ।देशका ६ महानगरपालिका,  ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका गरी कुल ७ सय ५३ पालिकामा ३५ हजार २ सय २१ पदका लागि आउँदो शुक्रवार मतदान हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *