कपिलवस्तु । कपिलवस्तु महाराजगंज नगरपालिका निबर्तमान नगर प्रमुख तथा नेपाली कांग्रेसका जिल्ला सभापती अब्दु्ल कलाम महाराजगंज नगरपालिकाका गाउँ बस्तिहरुमा मतदाताहरु बिच छलफल तथा घरदैलोमा व्यस्त छन् ।
बैषाख ३० गते हुने स्थानिय तहको निर्बाचनमा नेपाली कांग्रेसबाट नगरप्रमुखको पदको लागि उम्मेद्धार बनेका कलामले ५ बर्षमा गरेका काम र आफ्नो पाच बर्षे योजना सहित मत माग्दै आएका छन् । उनले आफुहरुले बिगत पाँच बर्षमा सिमित बजेटका बावजुत पुर्ण ईमान्दारिताका साथ काम गरेर महाराजगंज नगरपालिकालाई विकासको यात्रामा डोराएकोले कामको आधारमा पुन: ५ बर्षको आफ्नो बिजय सुनिश्चित भएको बताएका छन् ।
पाच बर्ष महाराजगंज नगरको प्रमुखको जिम्मेवारी सम्मालेर निर्बाचनमा होमिएका कलामले पालिकालाई तत्कालिन, मध्यकालिन र दिर्घकालिन योजना बनाएर समृद्ध र सवल पालिकाको रुपमा विकास गर्ने बताएका छन् ।
उनले कांग्रेसको नेतृत्वमा आफुले पालिका प्रमुख भएर पालिकाको नेतृत्व गर्र्दा नगरपालिकाको कुनै आधार नभएता पनि पाँच बर्षमा पालिकाको अवस्थामा परिवर्तन ल्याएको बताएका छन् । आफ्नो नेतृत्वमा सडक, बिद्यालय, स्वास्थ्य संस्थाहरु, पालिकाको भौतिक पूर्वाधारहरु क्षेत्रमा उल्लेखनिय काम भएको कलामले बताए । आफुुहरुले सामाजिक, मानविय विकास मार्फत समृद्ध र सवल नगर बनाउन चाहेको त्यसका लागि जनताले पुन: नगर प्रमुखमा निर्बाचित गरेर पठाउने विश्वास रहेको बताए ।
पाँच बर्ष पहिले पालिकाको एउटा गाउँबाट अर्को गाउँमा जाने सडकहरु आवात जावत गर्न सक्ने अवस्थाका नभएको अवस्थामा किच्चड मुक्त अभियान मार्फत साविकका ९ वटा गाविस मिलेर बनेको करिव १०० गाउँहरुमा ९० प्रतिशत बाटोहरु पक्की सडकका परिणत भएको बताए । उनले पि.सी.सी, आर.सि.सि, कालोपत्रे गरेर सबै गाउँहरुमा सहज रुपमा आवत जावत गर्न सक्ने सडक बनाएको बताएका छन् । त्यसै आधारमा आफुले जनतासंग मत माग्न सकेको लुम्बिनी टुडेलाई बताए । जिल्ला सदरमुकाम तौलिहवा जोड्ने सडक, राजमार्ग देखी भारतको सिमाना सम्म जोड्ने सडकहरु निमार्ण, एक वार्ड देखी अर्को वार्डमा जोड्ने सडकहरु निमार्ण भईरहेको उनले बताए ।
आफुहरुले पाँच बर्ष अगाडी स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, यातायात, कृषी, सिचाई लगायतका क्षेत्रमा विकास गर्छौ भनेर प्रतिबद्धता गरेको ति कामहरुको भएकोले जनताहरुको विश्वास कांग्रेस प्रति बढेर गएको बताए ।
महाराजगंज नगरपालिकाले पाँच बर्षम शिक्षा तर्फ बिद्यालयमा आवश्यक पुर्वाधार निमार्ण गरेको, नगर स्वयसेवक शिक्षकहरु भर्ना गरेर शिक्षालाई गुणस्तरिय बनाउने कार्य गरेको उनले बताए । आगामी योजनाहरुमा यहाँ रहेका बिद्यालयहरु प्रबिधी मैत्री बनाउने, संचालनमा रहेको क्याम्पसमा संकायहरु थप गर्ने, छात्राहरुहरुलाई छात्राबृति वितरण गर्ने योजना बनाएको उनले बताए ।
उनले स्वास्थ्य क्षेत्र तर्फ पाच बर्षमा उल्लेखनिय कार्य भएको बताए । केही वार्डहरुमा स्वास्थ्य चौकी नभएको, गाविसको भवनमा महिलाहरुको चेक जाँच हुने अवस्थामा रहेकोमा प्रत्येक वार्डमा स्वास्थय चौकीहरु निमार्ण भएको, ६ वटा वार्डमा बर्थिङ्ग सेन्टर निमार्ण गरेर संचालनमा ल्याएको र १५ सैयाको अस्पताल निमार्णको क्रममा रहेको बताए । पालिकाले चार वटा एम्बुलेन्स पनि ल्याएर निरन्तर सेवाहरु दिएको समेत उनले जानकारी दिए । उनले आगामी योजनामा निमाण हुन लागेको १५ सैयाको अस्पतालमा अधिकृत डांक्टरका साथै महिला डाक्टरहरु ल्याउने योजना रहेको बताए । गर्भवती महिलाहरुको स्वास्थ्य संस्थामा आवात जावत गर्नका लागि नि:शुल्क एम्बुलेन्स सेवाको योजना हामीहरुको रहेको छ ।
पालिकाले कृषकहरुलाई लक्षित गरि करिव ३५० जति बोरिगं जडान गरिएको र कञ्चनिया नालामा बाध, भगवानपुर नालामा बाध निमार्ण, किसानहरुलाई पम्पसेट र आवश्यक औजारहरु बितरण गरिएको बताए ।
आफुहरुले अव महाराजगंज छप्पर मुक्त अभियान लिएर जनतामा आएको बताउदै उनले पालिकामा भित्र कोही पनि छाप्रोको घरमा बस्न बाध्य नहुने बताए ।साथै गोठहरुलाई छाप्रो मुक्त बनाउने योजना रहेको उनले बताए । आफुहरुको प्रतिबद्धता पत्रमा एक वार्ड देखी अर्को वार्डमा जाने सडकहरुलाई कालोपत्रे गर्ने, राजमार्ग देखी बर्डर सम्म पुग्ने सडकलाइ कालोपत्रे गर्ने योजना रहेको बताए । अर्को तर्फ युवा स्वरोजगार कार्यक्रम मार्फत सवल सक्षम जनशक्ति उत्पादन गर्ने योजना योजना रहेको कलाम बताए । रोजगारीमा जानेहरुलाई सिप विकास तालिमहरु आयोजना गर्ने र भौत्तिक विकासका साथ साथै मानविय विकासको लागि काम गर्ने योजना कांग्रेसको प्रतिबद्धता पत्रमा रहेका उनले बताए ।
पालिकाहरुमा उद्योग तथा कलकारखाना स्थापनाको लागि कलकारखाना मैत्री नीति आफुहरुको रहेको कलामले बताए ।
प्रतिबद्धता पत्रमा युवाहरुलाई खेल मैदान, कवाड हल, तालिम र खेलकुद सामाग्री उपलब्ध खेलकुद मैत्री पालिका बनाउने, कृषकहरुलाई व्यवसायिक तालिम उपलब्ध गराउने, बेमसौमी तरकारी खेतीको लागि तालिम, सिचाई लगायतका योजना रहेका छन् । साथै कृषकहरुले उत्पादन गरेका उत्पादनहरुलाई स्टोर गरेर राख्नको लागि चिस्यान केन्द्र स्थापना गर्ने योजना रहेको छ ।
अहिले बिशेष रोजगारीको सृजना गर्ने नागरिकलाई आय आर्जन जोड्ने पालिकाको योजना रहेको कलामले बताए ।
लुम्बिनी टुडे डट कम कर्मी बसन्त बन्जाडेले महाराजगंज नगरपालिकाका नगर प्रमुखकका उम्मेद्धार अब्दुल कलामसंग गरेको कुरा कानीको आधारमा ।
Related