खोजि गर्नुहोस..

बाणगंगाको विकासलाई खोट लागाउनु पर्ने छैन : मेयर पदका उम्मेद्वार आर्याल

कपिलवस्तुको वाणगंगा नगरपालिकाका मेयर पदका उम्मेद्वार चक्रपाणी आर्यालले बाणगंगाको विकासलाई खोट लागाउनु नपर्ने बताउनु भएको छ । उहाँले आगामि निर्वाचनमा विकासका मोडल अझै राम्रा र परिर्वतित रहेको जिकिर गर्नु भएको छ । आसन्न वैशाख ३० को स्थानीय तह निर्वाचन केन्द्रीत कपिलवस्तु जेसिजले शनिबार चारनम्बर चोकमा राखेको ककस कार्यक्रममा बोल्दै नगर प्रमुखका प्रत्यासी अर्यालले गत स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट प्रमुखमा र आफु उपप्रमुखमा निर्वाचित भएपनि विकास निर्माणका कार्य राजनीतिक सद्भावका कारण मात्र सम्भव रहेको बताउनुभयो । अर्यालले निर्वाचनका बेला मात्र राजनीतिक दलको प्रतिनिधिको रुपमा अगाडि आएपनि निर्वाचित भएपछि सबै नगरवासीको साझा प्रतिनिधी बनेर जनताको सेवा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अन्य राजनीतिक दलका उम्मेद्वारहरुले विकासको दृष्टिले बाणगंगा पछाडी रहेको बताएका थिए भने एमालेका उम्मेद्वार अर्यालले बाणगंगा अन्य स्थानीय तहको तुलनामा विकसित रहेको बताउनुभएको थियो । अर्यालले बाणगंगाले आफ्नो पहिचान प्रदेश तथा संघीय सरकारमा पनि बताएको बताउदै अझै चौतर्फी विकासका लागि आफ्नो उम्मेद्वारी रहेको बताउनुभयो । आफु उप प्रमुख हुंदा नगरको पुर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि लगायत विभिन्न क्षेत्रमा विकास गरेको बताउदै त्यसलाई पुर्णता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अघिल्लो बर्ष बसपार्क, फोहोरमैला ब्यबस्थापन तथा बसपार्क जस्ता महत्वपुर्ण विकासका कार्य प्रतिवद्धता पत्रमा भएता पनि यसको दिगोपनका साथ आफु निर्वाचित भएपछि पुरा गर्ने बताउनुभयो । मेयरका उम्मेद्वार अर्याललाई सहभागीबाट कुनै पनि प्रश्न आएका थिएनन् ।त्यस्तै उपमेयरकी उम्मेद्वार रीता थारुले विभिन्न कारणले पछाडी परेका महिलाहरुलाई राजनीतिक, आर्थिक, सामाजिक लगायतका विभिन्न क्षेत्रमा अगाडि ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले विगतमा विभिन्न सामाजिक संघ संस्था, सहकारी, वित्तिय संस्थाहरुमा कार्य गरेको अनुभव रहेकाले नगरका हरेक नागरिकको आवश्यकता र माग अनुसार अगाडि बढ्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *