खोजि गर्नुहोस..

दिगो विकासको लागि किरण सिंहको उमेद्धारी

 कपिलवस्तु ।  २१ बैशाक बजार विस्तार र सुन्दरीकरण गर्नको लागि मुख्य भुमिका निर्वाह गरेका कलिवस्तु नगरपालिकाका निर्वमान मेयर किरण सिंहले पुन नेपाली काग्रेंस पार्टीवाट उमेद्धारी दिएका छन् । ५० वर्ष भन्दा वढि समय सम्म विस्तार हुन नसकेको सागुरो सडक अहिले फराकिलो बनाउने काम सम्पन्न भएको छ । सदरमुकामको नगरपालिकामा भएपनि पटक पटक सडक डिभिजन र स्थानीय प्रशासनले बाटो फराकिलो बनाउने प्रास गरेपनि सफल हुन नसकेको काम किरण सिंहको नेतृत्वमा सफल भएको छ । अहिले तौलिहवा बजारमा पुराना टहरा हट्नुका साथै वाटो चौडा भएपछि नया नया घर नाली निर्माण हुलाकी सडकको कामले तिव्रता लिइ चौडा सडक पिच भइ सम्पन्न हुन लागेको छ । अर्को मुख्य काम कपिलवस्तुका प्रत्यक वडामा स्वास्थ्य चौकी तथा नगर स्वास्थ्य क्लिनिक खुलेर जनतालाई घरदैलोमा नै आधारभुत स्वास्थ्य सेवा पुर्याउने काम पनि यहि ५ वर्षमा नै गरेको किरण सिंहको दावि छ । साथै कपिलवस्तु अस्पतालाई आइ सि यु सहितको अत्याधुनिक एम्वुलेन्स खरिद गरेर नगरपालकाले हस्तान्तरण गरेको छ । यसैको कारण पनि किरण सिंह विकासमा दुरगामी नेताको रुपमा चिनिन्छन् । कोभिडको बेला आइसुलेसनको समस्या हुंदा चप्परतल्लामा कोभिड आइसुलेसन अस्पताल संचालन तथा उपचारमा पनि नगरपालिकाले उल्लेखनिय कार्य गरेको थियो । साथै कपिलवस्तु अस्पतालमा अहिले नगरपालिकाको विशेष पहलमा अक्सीजन प्लाट मार्फत अक्सिजन उत्पादन सूरुवात भएको छ । नगरपालिकाका वडाहरुमा प्रासासनीक वडा कार्यालय निर्माण भई सेवा संचालमा आएको छ भने प्रत्यक विद्यालयमा वालविकास केन्द्र निर्माण र संचालनमा आएको छ । साथै नगर पालिका भित्र रहेका वुद्ध स्थलहरुमा जाने बाटो निर्माण कार्य सम्पन्न भएको पनि किरण सिंहले बताए । ग्रामिण क्षेत्रका भित्रि सडकहरुमा ग्राभेल र पि सि सि ढलानका कामहरुले निरन्तरता पाएको समेत किरण सिंहको दावि छ । फुसको छानो हटाउने योजनाको सूरुवात गरएको र त्यसलाई निरन्तरता दिदै आएको समेत नगरले जनाएको छ । आगामि दिनमा विगतमा पुरा हुन नसकेका कामरुलाई पुर्णता दिन लागि पुन मेयरमा सिंहले उमेद्धारी दिएका छन् । तौलिहवा बजार सुन्दरिकरण गर्ने, बुद्ध सकिर्टलाई व्यवस्थापन गर्ने , प्राचिन कपिलवस्तुका बुद्ध स्थल तिलौराकोट ,कुदान, गेटिहवा, निगालिकोट तथा जगदिशपुरताल ,अरौरा सगरहवा लगायतका स्थलको प्रचार प्रसार र यसको विकासमा टेवा दिने, सम्पुर्ण वडा कार्यालयहरुलाई प्रविधि मैत्री बनाउने, गरिव दलित तथा विपन्न छात्राहरुलाई उच्च शिक्षाको लागि छात्रबृत्ति ,सुत्केरी महिलाहरुलाई पोत्साहन भक्ता , कृषि पशु तर्फ एक गाउं एक उत्पादन तथा पकेट क्षेत्र स्थापना ,व्यापार तथा उद्योगीहरुलाई व्यवसाय विकास योजना र लगानी गर्ने योजना समेत रहेको किरण सिंहले बताए । जनता तथा नगरपालिका मिलेर सामुदायिक प्राविधिक शिक्षालय स्थापना गरि उच्च शिक्षाका विषयहरु यहिवाट संचालन गर्ने योजना समेत रहेको सिंहको भनाइ छ । त्यस्तै नियमित नगरमा एकिकृति घुम्ती शिविर संचलन गर्ने र गाउं टोलमा जनताको नियमित स्वास्थ्य परिक्षण गर्ने योजना रहेको सिंहले बताए । वालमैत्रि नगर वनाउने योजना, सामाजिक तथा शैक्षिक विकास र ग्रामिण क्षेत्रका जनताको जिविकोपार्जनको लागि पनि विशेष योजना लगि सामाजिक र आर्थिक हैसियत परिर्तन गर्ने तफ आफु लाग्ने समेत सिंहले बताए । विगतमा मैले गरेका काम दिर्घकालिन र नगर विकासका लागि मार्गदर्शन भएको कारण जनताले एक पटक पुन अवसर दिनेमा सिंह विश्वस्त रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *