खोजि गर्नुहोस..

कपिलवस्तुमा ५ सय २६ सिटका लागि ३५ सय बढी उम्मेद्धार चनावी मैदानमा

कपिलवस्तु । कपिलवस्तुमा आसन्न स्थानीय तहको निर्वाचनमा ५ सय २६ पदका लागि ३५ सय बढीको उम्मेदवारी परेको छ । १० पालिकाको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा सदस्य महिला र दलीत सदस्य गरी कुल ५ सय २५ पदमा ३ हजार ५५२ उम्मेदवारी परेको हो।
उम्मेदवारी परेकामध्ये १४ जनाको खारेज भएको र ४५ जनाले फिर्ता लिएका थिए। ६ वटा नगरपालिकाको प्रमुखका लागि ६ जनाको, उपप्रमुखमा ६५, ४ वटा गाउँपालिका अध्यक्षका लागि ६५ र उपाध्यक्षका लागि ४९ जनाको उम्मेदवारी परको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ९६ वडाध्यक्षका लागि ८ सय ८ जनाको, १ सय ९२ वडा सदस्यका लागि १ हजार ३१२, ९६ महिला सदस्यमा ६ सय ३, दलित महिला सदस्यमा ५ सय ६४ जनाको उम्मेदवारी परेको छ।
निर्वाचनपछि २६ जना दलित र अल्पसंख्यक सदस्य मनोनित हुनेछन् । सबैभन्दा बढी कृष्णनगर नगरपालिकामा ६ सय ३१, शिवराज नगरपालिकामा ३ सय ७७, कपिलवस्तु नगरपालिकामा ३ सय ७४, मायादेवी गाउँपालिकामा ३ सय ५, महाराजगञ्ज नगरपालिका ३ सय ४६, र सुद्धोदन गाउँपालिकामा ३ सय ४४, विजयनगर गाउँपालिकामा ३ सय ३९, वाणगंगा नगरपालिका र यशोधरा गाउँपालिकामा २ सय ५९ र२ सय ५९ जनाले, बुद्धभूमिमा २ सय ६५ जनाले उम्मेदवारी दिएको निर्वाचन कार्यालयका प्रमुख ज्ञानुरा पन्थीले बताए । उता विभिन्न पदमा ३ सय ७३ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।
यस्तै एमालेले विभिन्न पदमा ४ सय ९७, कांग्रेसले ४ सय ९४, माओवादी केन्द्रले ३ सय ३, जनता समाजवादी पार्टीले ३ सय ४, राप्रपाले ३ सय १ लोकतान्त्रिक समाजवादी पाटीले २ सय ९३, जनमत पार्टीले २ सय ३५ नेकपा एकीकृत समाजवादी पार्टीले १ सय ७१ जना उम्मेदवार खडा गरेको छ। जिल्लामा २७ वटा दल दर्ता भए पनि २४ वटा दलले मात्र उम्मेदवार खडा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *