खोजि गर्नुहोस..

कपिलवस्तुमा आईपुग्यो ४ लाख मतपत्र र ६१ हजार बढी मतदाता परिचय पत्र

कपिलवस्तु । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ४ लाख मतपत्र र नयाँ थपिएका ६१ हजार बढी मतदाताहरुको परिचय पत्र सोमबार बिहान कपिलवस्तु आइपुगेको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख ज्ञानुराम पन्थी अनुसार सोमबार बिहान निर्वाचन आयोगले पठाएको ४ लाख मतपत्र र ६१ हजार बढी नया परिचय पत्र आइपुगेको हो। निर्वाचनमा प्रयोग हुने अन्य सामाग्रीहरु मतदाता नामावली, स्वस्तिक चिन्ह, स्टेम्प प्याड लगातयका सामाग्रीहरु यसअघि नै आइसकेको छ।

प्रमुख निर्वाचन अधिकारी तजेन्द्र प्रासद शर्माले निर्वाचनलाई स्वचच्छ, मर्यादीत र भयरहीत बनाउन आफूहरुले तयारी गरेको बताए। उनले निर्वाचन आचारसंहिता पालना गर्न दल तथा सबै उम्मेदवारहरुलाई आग्रह गरे।निर्वाचनको तयारीका लागि हिडेको अनुमगन टोलीले आइताबार क्षेत्र नम्म्बर ३ मा अनुमगनका क्रममा आचारसंहिता विपरीत राखिएका झण्डा, ब्यानर फ्ल्याक्सहरु हाटइएको प्रमुख निर्वाचन अधिकारी शर्माले बताए। कपिलवस्तुमा ५ सय पदकालागि १० पालिकाबाट ३ हजार ५५२ उम्मेदवार बनेका छन्। जिल्लामा कुल ३ लाख ७३ हजार एक सय मतदाता छन्। १० पालिकामा कुल २ सय ३५ मतदान स्थलमा ४ सय ६८ मतदान केन्द्र कायम गरिएका छन्। निर्वाचनमा ३७ सय कर्मचारी र ४ हजार बढी सरक्षकर्मी परिचालन गरिने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *