खोजि गर्नुहोस..

निर्वाचन आयोगले मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गर्ने अन्तिम दिन आज

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत  निर्वाचन आयोगले मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गर्ने आज दोस्रो तथा अन्तिम दिन हो । हिजो र आज मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गर्ने आयोगको कार्यतालिका थियो ।  आयोगले वैशाख १३ गते उमेदवारको विरोधमा उजुरी दिन सकिने व्यवस्था गरेको थियो । १३ गते साँझ ५ बजेसम्म स्थानीय तह निर्वाचनका लागि उमेदवारी मनोनयन दर्ता गराएकाहरूको विरोधमा उजुरी दिने समय ताकिएको थियो ।

आज साँझ ६ बजे मनोनयन भएको उमेदवारको नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ ।  त्यस्तै, आयोगको तालिका अनुसार १६ गते (भोलि)साँझ ५ बजेसम्म उमेदवारी फिर्ता लिन सकिनेछ । भोलि साँझ ५ बजे आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ ।१७ गते चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यक्रम छ । एक लाख ५२ हजार ४६५ मनोनितको विवरण संकलन भएको आयोगले जनाएको छ । वैशाख ३० गते हुने निर्वाचनमा ३५ हजार २२१ पदका लागि मतदान हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *