खोजि गर्नुहोस..

गभर्नर अधिकारीले दायर गरेको रिट निवेदनको सुनुवाइ आज हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ आज हुँदै छ । गएको मंगलबार सुनुवाइ नसकिएकोले ‘हेर्दाहेर्दै’मा रहेको रिट निवेदनको सुनुवाइ हुन लागेको हो । न्यायाधीशहरू सपना प्रधान मल्ल र टंकप्रसाद मोक्तानको संयुक्त इजलासमा सुनुवाइ प्रारम्भ भए पनि समयाभावका कारण बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो । गभर्नर अधिकारीले बिनाकारण आफूमाथि छानबिन समिति गठन गरिएको भन्दै यही वैशाख ४ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

गएको चैत्र २५ गते मन्त्रिपरिषद्को बैठकले गभर्नर अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको थियो । समिति गठनसँगै उनी स्वतः निलम्बनमा परेका थिए । सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुँयालको वैशाख ६ गतेको एकल इजलासले जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएसँगै गभर्नर अधिकारी काममा फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *