खोजि गर्नुहोस..

नेकपा एमाले पाल्पामा १० वटै स्थानीय तह प्रमुख र उपप्रमुखका उम्मेद्‍वार टुंगो

पाल्पा । नेकपा एमाले पाल्पाले १० वटै स्थानीय तह प्रमुख र उपप्रमुखका उम्मेद्‍वार टुंगो लगाएको छ । नेकपा एमाले पाल्पाको बैठकले जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेलाई तानसेन नगरपालिकाको प्रमुख तथा यसअघि कार्यपालिका सदस्य रहेकी शशी श्रेष्ठलाई उप–प्रमुखमा उम्मेद्‍वार बनाउने निर्णय गरेको छ । यस्तै रामपुर नगरपालिकाको प्रमुखमा अधिवक्ता शिव अर्याल र उप–प्रमुखमा दुर्गा रानाले उम्मेदवारी दिने भएका छन् । निस्दी गाउँपालिका अध्यक्षमा मुक्तबहादुर सारु, उपाध्यक्षमा तीरण श्रेष्ठ, पूर्वखोलाको अध्यक्षमा नुनबहादुर थापा तथा उपाध्यक्षमा भागिरथी भट्टराई, रम्भाको अध्यक्षमा विष्णुप्रसाद भण्डारी र उपाध्यक्षमा राधादेवी श्रेष्ठले उम्मेदवारी दिने तयारी भएको नेकपा एमाले तानसेन नगर प्रमुख गुराँस आत्रेयले जानकारी दिए ।
यस्तै बगनासकाली गाउँपालिका अध्यक्षमा सरस्वती चिदी र उपाध्यक्षमा हरी पाठक, तिनाउ गाउँपालिकामा अध्यक्षमा प्रेम श्रेष्ठ, उपाध्यक्षमा सावित्रा राना, माथागढी गाउँपालिका अध्यक्षमा यमबहादुर चिदी र उपाध्यक्षमा विष्णु लुङ्चे, रिब्दीकोट गाउँपालिका अध्यक्षमा नारायणबहादुर जीसी र उपाध्यक्षमा लक्ष्मी खनाललाई उम्मेद्वार बनाइने छ । रैनादेवी छहरामा रामबहादुर राउत र उपाध्यक्षमा गीता भट्टराई घिमिरे उम्मेद्‍वार बन्ने टुंगो लगाएको नेकपा एमाले पाल्पाले जनाएको छ । वडा अध्यक्ष र सदस्यहरुको टुंगो लगाउन बैठक जारी छ । पाल्पामा शनिबार मात्रै सत्ता साझेदार दलहरुको बैठकले प्रमुख र उप प्रमुखको भागबण्डा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *