कपिलवस्तु । नेकपा (एमाले) ले कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ८ मा एमालेको तर्फबाट अनेरास्ववियु केन्द्रिय सदस्य तथा विद्यार्थी जिल्ला सह–ईन्चार्ज समेत रहनुभए बाबुराम अर्याललाई वडाध्यक्षको उम्मेद्वारको रुपमा सिफारीस गरेको छ । नेकपा एमाले जिल्ला कमिटि कपिलवस्तुका सदस्य, अनेरास्ववियु केन्द्रिय सदस्य तथा विद्यार्थी जिल्ला सह–ईन्चार्ज समेत रहनुभएका अर्याल यहि बैशाख ३० गते शुक्रवारका दिन हुने स्थानीय तहको निर्वाचनमा चुनावी मैदानमा उत्रदै हुनुहुन्छ ।
वि.स. २०६१ सालबाट अनेरास्ववियुबाट संगठित भई राजनिति सुरु गर्नुभएका अर्याल बाणगंगा तत्कालिन प्रारम्भिक कमिटि अध्यक्ष, बाणगंगा उच्च मावि कमिटि सचिव, अनेरास्ववियु मोतिपुर गाउँ कमिटि सचिव, तत्कालिन युवा संघ नेपाल मोतिपुर गाउँ कमिटि सचिव, अनेरास्ववियु जिल्ला सदस्य, सचिवालय सदस्य, जिल्ला अध्यक्ष हुंदै केन्द्रिय सदस्य समेत रहनुभएको छ ।
अर्यालले वडामा रहेका अधुरा काम पुरा गर्ने र वडालाई समृद्ध बनाउनका लागि आफ्नो उम्मेद्वारी रहेको बताउनुभयो । अर्यालले पार्टीको चिन्ह लिएर निर्वाचनमा होमिए पनि निर्वाचित भए पछि सबैको साझा व्यक्तिको रुपमा काम गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अर्यालले आफुलाई योग्य ठानेर पार्टीले वडाध्यक्षको टिकट दिएकोमा बताउदैे पार्टीका अग्रज नेता लगायत सम्पुर्णमा आभार व्यक्त समेत
गर्नुभएको छ । २९ बर्षका अर्याललाई वडाध्यक्षको उम्मेद्वारको रुपमा देख्न पा उदा बाणगंगा नगरपालिकाका वडा नं । ८ का युवाहरु भने उत्साहित भएका छन् ।
Related