खोजि गर्नुहोस..

चन्द नेतृत्वको नेकपाका नेता भूषालले कपिलवस्तुको शिवराजको नगर प्रमुख पदमा उम्मेदवारी दिने

कपिलवस्तु  । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य भेषराज भूषालले कपिलवस्तुको शिवराज नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दिने भएका छन् । पार्टी महासचिव चन्दको गृह नगर र उनको घर रहेको शिवराज नगरपालिकाबाट उनले आइतबार एक बजे उम्मेदवारी दिन लागेको बताए । निर्वाचन आयोगमा पार्टी दर्ता नभएकाले आफूले स्वतन्त्र रुपमा उम्मेदवारी दिने उनले बताए ।

कपिलवस्तुमा गत चैतमा सम्पन्न १२औं पूर्ण बैठकमा स्थानीय निर्वाचनमा भाग लिने महासचिव नेत्रविक्रम चन्द विप्लवको प्रस्ताव अल्पमतमा परेपछि पार्टीले मध्यमार्गी धार तय गरेको थियो । पार्टीले स्थानीय निर्वाचन न बहिष्कार, न उपयोग गर्ने भन्ने मध्यमार्गी निर्णय गर्ने गरेको थियो । पार्टी औपचारिक रुपमा निर्वाचनमा नगए पनि स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिन नेता/कार्यकर्तालाई नरोक्ने निर्णय गर्दै बैठक सम्पन्न भएको थियो । मुलुक साम्रराज्यवादको नवउपनिवेशमा पुग्यो र युक्रेन हुनबाट बचाऔं भन्ने अभियानले आफूहरू निर्वाचनमा उठ्न लागेको केन्द्रीय सदस्य भूषालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *