खोजि गर्नुहोस..

स्थानीय चुनावका लागि एमालेको घोषणापत्र सार्वजनिक

नेकपा एमालेले स्थानीय चुनावका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालयबाट शुक्रबार एक विशेष कार्यक्रम गर्दै एमालेले घोषणापत्र सार्वजनिक गरेको हो। घोषणा पत्रमा एमालेले आफ्नो सरकारका पालामा भएका केन्द्र र स्थानीय तहका कामहरुको उपलब्धीको व्याख्या गरेको छ। धरहरा, रानीपोखरी, पोखरा बिमानस्थल, रेलसहितको कभर तस्बिर राखेर सार्वजनिक गरेको घोषणा पत्रमा बाँकी कामका योजनासमेत समेटेको छ।

एमालेले ‘सुखी ज्येष्ठ नागरिक, खुसी बालबालिका’ देखि ‘जनप्रतिनिधि शासक होइन जनताका सेवक’ हुनेछन् जस्ता नाराहरू अघि सारेको छ। एमालेले प्रत्येक पालिकामा एउटा प्राविधिक धारको माध्यमिक विद्यालय स्थापना गर्ने, गम्भीर रोगको पूर्व परीक्षण र पाठेघरको क्यान्सरको निः शुल्क परीक्षण गर्ने, प्रत्येक नागरिकको अनिवार्य स्वास्थ्य बिमा गर्ने, एक घर एक धारा अभियान अन्तर्गत आगामी दुई वर्षभित्र सबै नागरिकलाई खानेपानीको सुलभ व्यवस्था गर्ने लगायतका विषयबस्तु राखेको छ।

२०७९ वैशाख ३० मा हुने स्थानीय तह निर्वाचका लागि एमालेले सार्वजनिक गरेको घोषणा पत्रमा ६ संकल्प पनि गरिएको छ ।

· हाम्रा जनप्रतिनिधि शासन होइन, जनताका सेवक हुनेछन्

· हाम्रा जनप्रतिनिधिहरु सामाजिक जागरण र विकासका अभियान्ता हुनेछन् ।

· हाम्रो नेतृत्पवमा रहेका पालिकाहरु सुशासनका नमुना बन्ने छन्

· हाम्रा जनप्रतिनिधिहरुले आफूले कुनै भ्रष्टाचार गर्ने छैनन् र कडाईका साथ भ्रष्टाचार नियन्त्रण गर्ने छन् ।

· हाम्रा जनप्रतिनिधिहरुले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरुलाई कानुनी कारबाहीमा दायरामा पुर्‍याउन अग्रण भूमिका खेल्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *