खोजि गर्नुहोस..

रुपन्देहीका ६ पालिकामा गठबन्धन नहुने

बुटवल । रुपन्देहीका ६ वटा स्थानीय तहमा सत्तारुढ दलहरू छुट्टाछुट्टै निर्वाचन लड्ने भएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको उपस्थिति कमजोर भएको र जसले जितेपनि गठबन्धन दलकै उम्मेदवारले जित्ने अवस्था रहेकाले सत्तारूढ दलहरू छुट्टाछुट्टै निर्वाचन लड्ने निष्कर्षमा पुगेको एक नेताले जानकारी दिए । १६ स्थानीय तहमध्ये जिल्लाको दक्षिणी भेगका लुम्बिनी सांस्कृतिक नगरपालिका तथा मर्चवारी, सम्मरीमाई, कोटहीमाई, मायादेवी र गैडहवामा छुट्टाछुट्टै चुनाव लड्ने गठबन्धनमा आवद्ध दलहरूबीच सहमति भएको हो ।

यी पालिकाहरूमा एमाले कमजोर भएकाले छुट्टाछुट्टै प्रतिस्पर्धा गर्दा पनि गठबन्धन दलकै जित हुने निष्कर्षसहित मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको नेपाली कांग्रेस रुपन्देहीका  सभापति रामकृष्ण खाँणले बताए । अन्य पालिकाको हकमा पनि कसरी गठबन्धन गर्ने भन्ने बिषयमा दलहरूबीच छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *