खोजि गर्नुहोस..

नेपालगञ्जको मेयरको लागि नेपाली कांग्रेसबाट १४ जनाको नाम सिफारिस

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाको मेयरको उम्मेदवारका लागि नेपाली कांग्रेसबाट १४ जनाको नाम सिफारिस भएको छ । कांग्रेसको उपमहानगरपालिका समितिले आकांक्षी धेरै भएपछि सबै १४ जनाको नाम प्रदेश निर्वाचन क्षेत्रस्तरीय समितिलाई सिफारिस गरेको हो । मेयरको उम्मेदवारका लगि रमेशकुमार गुप्ता, प्रशान्त विष्ट, उमा थापा मगर, सुनील राणा, निरञ्जन सिंह सिजापति, डा. सुरेशकुमार कनोडिया, माया पुनको नाम सिफारिस भएका छन् । त्यस्तै अजितकुमार शर्मा, रवीन्द्रमान श्रेष्ठ, वीरेन्द्रबहादुर शाह,अच्युतप्रसाद प्रसाईं, ललित रौनियार, मो. कादिर जोलाहा र दिवाकर खनालको नाम पनि मेयरको उम्मेदवारका लागि सिफारिस भएका छन् ।

सिफारिस भएका १४ मध्ये उमा थापामगर हालकी उपमेयर हुन् भने कनोडिया मेयरमा पराजित कांग्रेस उम्मेदवार हुन् । कांग्रेसको उपमहानगरपालिका समितिका सभापति प्रशान्त विष्टले उपमेयर पदमा ११ जनाको नाम सिफारिस गरेका छन् । रेणु सिंह ठाकुर, दीक्षा कोइराला, रत्न राणा, शिवकुमार वर्मा,  पूर्ण सिंह ठकुरी, मिना कुमारी बोहरा, नारायण रुपाखेती, मो. कमाल अन्सारी,गोकर्ण शाही, बन्दना सिंह र अतुल कुमार गुप्ताको नाम उपमेयरको उम्मेदवारका लागि सिफारिस भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *