खोजि गर्नुहोस..

पालिका चुनाव नजिकिएसँगै सीमामा सुरक्षा सतर्कता

काठमाण्डाै । पालिका चुनाव नजिकिएसँगै रोजगारीका लागि भारत गएका नेपाली स्वदेश फर्किन थालेका छन् । रोजगारी तथा विभिन्न कामका लागि भारत गएकाहरु स्वदेश फर्कन थालेका हुन् । उनीहरु फर्किन थालेसँगै सीमानाकामा चहलपहल बढेको छ । नेपाल–भारतको सीमा क्षेत्रमा ३० भन्दा धेरै नाका छन् । पशुपतिनगर, काकरभिट्टा, भन्टाबारी, भिट्टामोड, विराटनगर, कृष्णनगर, जमुनाह, बनबासा बेलहियालगायत मुख्य नाकामा पर्छन् । बाँकेको जमुनाहा नाका हुँदै दैनिक सयौंको संख्यामा नेपाल भित्रिरहेका प्रहरीले जनाएको छ ।

अहिले भारत जानेभन्दा फर्किने नेपालीको संख्या धेरै छ । अहिले दैनिक हजार भन्दा धेरैको संख्यामा नेपाली जमुनाह नाकाबाट भित्रिरहेका छन् । दैनिक सरदर दुई सय नेपाली मात्र अहिले कामका लागि भारत जाने गरेको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज मीनबहादुर विष्टले बताउनुभयो । आफ्नो मताधिकारको प्रयोग गर्न र गाउँठाउँको विकास गर्न सक्नेलाई भोट दिन आफू स्वदेश फर्किएको सल्यान थारमारेका रमेश थापाले बताउनुभयो । चुनावी चहलपहल सुरु भएसँगै एकीकृत सुरक्षा योजना अनुसार नै भारतसँग सीमा जोडिएका नाकामा पनि सुरक्षा सतर्कता बढाउन थालिएको गृह मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *