अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा माओबादीबाट निर्वाचित मेयर रेसम थापालाई नै नगर प्रमुखको उम्मेदवार बनाउने नेकपा एमालेले निर्णय गरेको छ । आज पोखेडाँडामा सम्पन्न पार्टीको नगर कमिटीको पूर्ण बैठकले थापासहित उपप्रमुखमा बसन्ता पौडेललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको तालमेलबाट पहिलो कार्यकालको लागि नगर प्रमुखमा निर्वाचित भएका थापा नेकपा विभाजनपछि नेकपाको निरन्तरताको रूपमा नेकपा एमालेमा क्रियाशील छन् ।
उपप्रमुखमा निर्णय भएकी पौडेल भने नेकपा एमाले नगर कमिटीका अध्यक्ष मणि पौडेलकी श्रीमती हुन् ।
Related