खोजि गर्नुहोस..

सर्लाहीमा धानको कन्टेनरबाट दुई सय बोरा चिनी बरामद

सर्लाही ।  सर्लाहीको मलङवामा धान लोड भएको भारतिय नम्बरको कन्टेनरबाट दुई सय बोरा अवैध चिनी बरामद भएको छ। भारतबाट धान लोड गरेर सर्लाहीको मलङगवा भन्सारमा आएका भारतिय नम्बरको कन्टेनर बाट दुइ सय बोरा चिनी बरामद भएको हो।  बिहारको राजधानी पटनाबाट युपि६५ जेटि ७६०४ र युपि ६७ एपि ३९७२ नम्बर कन्टेनरमा करिब पाँच सय बोरा धान लोड गरेर गत बिहीवार दुबै कन्टेनर मलङगवा भन्सार कार्यालयमा आएको थियो।  रिलायन्स ट्रेड एन्ड इन्भेस्टमेन्ट कम्पनी हरिवन सर्लाहीले भारतबाट खरिद गरेर ल्याएको दुई कन्टेनर धानको शुक्रबार भन्सार जाच पास गर्ने क्रममा कार्यालय प्रमुख मुरारी प्रसाद काफ्लेलाई शङ्का लागेपछि धान लोड भएको दुबै कन्टेनरलाई नियन्त्रणमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको थियो ।

सोमबार कन्टेनरमा लोड भएर आएको करिब पाँच सय बोरा धान बाहिर निकालेर चेकजाँच गर्ने क्रममा दुबै कन्टेनर भित्र फल्स बटम ९फिक्स बक्सा० बनाएर लुकाइ राखेको अवस्थामा भन्सार प्रमुख काफ्ले नेतृत्वको टोलिले सय रसय बोराको दरले दुई सय बोरा अवैध भारतीय बजारमा उत्पादन भएको चिनी बरामद गरेको भन्सार प्रमुख काफ्लेले नागरिकन्युजलाई बताएका छन्। भारत बिहारको राजधानी पटनाबाट धान बोकेर आएका दुबै कन्टेनरलाई खोलेर हेर्दा धान देखिने तर चिनी नदेखिने भएपछि सङ्का लागेर चेक जाच गर्दा अबैध चिनी भेटाए पछि कन्टेनर सहित चिनिलाइ नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको भन्सार प्रमुख काफ्लेको तर्क छ।  धान खरिद गरेर ल्याएका रिलायन्स ट्रेड एन्ड इन्भेस्टमेन्ट कम्पनी हरिवनका सन्चालक पुरुषोत्तम घिमिरेलाइ नौ लाख रुपैया जरिवाना गरेको समेत भन्सार प्रमुख काफ्ले ले बताए। प्रस्तुत नगरिक न्युज साभार

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *