काठमाडौं । सोमबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनमा गरेर अर्थमन्त्री जनार्दन शर्माले छानविन समितिको रिपोर्ट आएपछि धेरै कुरा प्रष्ट हुने बताएका छ्न । उनले भने, ‘छानविन गर्ने कमिटी बनाएका छौं । यो रिपोर्टले धेरै जानकारी दिन्छ ।’शर्माले गभर्नरमाथि गरिएको कारबाही कानुन सम्मत भएको बताएका छन् ।समितिले काम गरिहेको बेलामा गभर्नरमाथि लागेको आरोपबारे धेरै नबोल्ने उनले बताए । कर्जा प्रवाहको लक्ष्य १९ प्रतिशत राखेको भए पनि ३२ प्रतिशत पुगेको भन्दै उनले भने, समयमा नियन्त्रण गर्न आवश्यक हो कि होइन भनेर काम गर्ने राष्ट्र बैंकले हो ।’ अनुत्पादक क्षेत्रमा भएको कर्जा प्रवाहबारे आफूले पटकपटक चासो राख्दा पनि सुनुवाइ नभएको उनले बताए ।
शर्माले अर्थतन्त्रमा ठूलो संकट नआएको बताएका छन् । संकट आयो भनेर प्रचार गरिएको तर त्यो उपयुक्त नभएको बताए । हामी सतर्क हुनुपर्छ, तर ठूलो संकटको प्रचार उपयुक्त छैन, उनले भने ।अहिलेको अवस्थालाई अर्थ मन्त्रालयलगायतका सरोकारवाला निकायले राम्ररी नियालीरहेको उनले बताए । अर्थमन्त्री शर्माले विगत सात महिना यता अर्थतन्त्रमा देखिएको समस्या सम्बोधन गर्न मुख्य सचिवको नेतृत्वमा अर्थ मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्तुत गरेको प्रस्तावमा काम भइरहेको जानकारी पनि दिए । उनले व्यापार घाटा नियन्त्रण गर्न पेट्ेलियम पदार्थको आयातलाई नियमन गर्ने तयारी भइरहेको पनि बताए । यसैगरी विलासिताका केही बस्तुहरुको भन्सार महशुल वृद्धि गर्ने तयारी भइरहेको जानकारी पनि दिए
Related