खोजि गर्नुहोस..

विदेशी फिल्मको प्रदर्शनमा नियमन गर्न माग गर्दै बोर्ड पुगे चलचित्रकर्मी

काठमाडौं । विदेशी फिल्मको प्रदर्शनमा नियमन र कडाई गर्नुपर्ने मागसहित चलचित्र विकास बोर्डमा चलचित्रकर्मीहरूले ज्ञापनपत्र बुझाएका छन् । बोर्डका अध्यक्ष दयाराम दाहालसमक्ष मागसहितको ज्ञापनपत्र बुझाइएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले जानकारी दिए । पुस्कर लामासहित फिल्म निर्देशक शोभित बस्नेत, निर्माता संघका उपाध्यक्ष उदय सुब्बालगायतले बोर्डमा पुगेर मागपत्र बुझाएका हुन्। मागपत्रमा फिल्म निर्देशक, प्राविधिक र निर्माता गरी सय जनाभन्दा बढीको हस्ताक्षर रहेको छ।

विदेशी फिल्मको प्रदर्शनमा निश्चित नियम बनाई नेपाली फिल्मलाई प्रदर्शनको लागि विशेष व्यवस्था गर्न माग गरिएको छ। साथै, विदेशी फिल्मको सेन्सरमा कडाइ गर्नुपर्ने, विदेशी फिल्मलाई नेपालमा प्रदर्शनको लागि कोटा प्रणाली लागू गर्नुपर्ने माग पनि रहेको छ।चलचित्रकर्मीहरूको मागलाई लिएर सरकारसँग छलफल गरेर केही निर्णय गर्ने बोर्डका अध्यक्षले बताएको लामाले सुनाए। ‘हलहरूले नेपाली फिल्मलाई पहिलो प्राथमिकता दिनुपर्छ भन्ने नै हाम्रो पहिलो माग हो। हामी सबैले स्वदेशी फिल्मलाई माया गर्नुपर्छ। विदेशी फिल्मको प्रदर्शनमा कडाइ गर्नैपर्छ। यस बारेमा सबैले सोच्न जरूरी छ,’ लामाले भने।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *