खोजि गर्नुहोस..

सत्ता गठबन्धनका शीर्ष नेताको संयुक्त वक्तव्य : सहकार्य र सहयोगको भावनाले अघि बढ्न आह्वान

काठमाण्डाै  । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर आपसी सहकार्य र सहयोगकाे भावनाले अघि बढ्न आह्वान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले आउँदो वैशाख ३० गते हुने पालिका चुनावमा आपसमा मिलेर अघि बढ्ने निर्णय गरेको हो । आजको बैठकमा चुनावी तालमेलका लागि संयन्त्र बनाउने विषयमा पनि छलफल भएको र त्यसको टुङ्गो भोलि दिउँसाे ४ बजे बस्ने बैठकले लगाउने सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूको अध्यक्षतामा पाँच दलीय उच्चस्तरीय संयन्त्रको बैठक सम्पन्न भएको छ । बैठकमा पालिका चुनावलाई कसरी सफलतापूर्वक सम्पन्न गर्ने र पाँच दलको गठबन्धनद्वारा समर्थित उम्मेदवारलाई कसरी विजयी गराउने लगायत विषयमा छलफल भएको छ । फेरि यो बैठक भाेलि ४ बजेका लागि बाेलाइएकाे छ।’शीर्ष नेताले जारी  गरेको संयुक्त अपिलमा चुनावमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न पार्टीका नेता कार्यकर्तालाई आहृवान गरिएको छ । सत्ता गठबन्धनले पालिका चुनावमा तालमेल गरेर अगाडि बढ्ने निर्णय गरे पनि कतिपय ठाउँमा उम्मेदवार तय र भागबन्डामा कुरा नमिल्दा सहमति हुन सकेको छैन । तालमेलको मोडालिटी बन्न बाँकी छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको ५ दलीय निर्वाचन तयारी तथा अनुगमन समितिले पालिकाबाट आएका प्रतिवेदनका आधारमा तालमेलको मोडालिटीको सुझाव दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *