कपिलवस्तु । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै कपिलवस्तुमा दश स्थानीय तहमा कुन पालिकामा कति मतदाता रहेका छन भन्ने विषयमा चर्चा सुरु भएको छ । जिल्लामा पछिल्लो पाँच वर्षको अवधिमा ६१ हजार ३ सय ४० नयाँ मतदाता थपिएका छन् ।
वि.सं. २०७४ सालको निर्वाचनमा कपिलवस्तुमा कुल ३ लाख ११ हजार ७ सय ६० मतदाता रहेकोमा हाल भने त्यो संख्या बढेर ३ लाख ७३ हजार १ सय पुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमूख ज्ञानुराम पन्थीले जानकारी दिनुभयो । पालिकागत तथ्याङ्क हेर्दा बाणगंगा नगरपालिकामा सबैभन्दा बढी मतदाता रहेका छन् । बाणगंगामा ६१ हजार १७७ मतदाता छन्। त्यहाँ ३० मतदानस्थल र ७३ मतदान केन्द्र छन्। दोश्रो ३१ मतदान स्थल र ५९ केन्द्र कायम गरिएको कपिलवस्तु नगरपालिकामा ४७ हजार ८० मतदाता छन्।
यस्तै ३० मतदानस्थल र ५७ केन्द्र रहेको बुद्धभूमि नगरपालिकामा ४५ हजार ३४१ मतदाता छन्। २५ मतदानस्थल र ५५ केन्द्र कायम गरिएको शिवराज नगरपालिकामा ४ हजार ४४८ मतदाता छन्। २४ मतदानस्थल र ४८ मतदान केन्द्र रहेको कृष्णगनर नगरपालिकामा ३६ हजार ८८३ मतदाता छन्। २३ मतदानस्थल र ४१ केन्द्र रहेको महाराजगंज नगरपालिकामा ३२ हजार २२१ मतदाता छन् । २२ मतदानस्थल र ३९ केन्द्र रहेको मायादेवी गाउँपालिकामा ३१ हजार १६ मतदाता छन्। १७ मतदानस्थल र ३५ केन्द्र रहेको सुद्धोदन गाउँपालिकामा २७ हजार ७७५ मतदाता छन्। १८ मतदानस्थल र ३० केन्द्र रहेको विजयनगर गाउँपालिकामा २३ हजार ८०२ मतदाता छन्। यस्तै १५ मतदानस्थल र २९ केन्द्र रहेको यशोधरा गाउँपालिकामा २३ हजार २४७ मतदाता छन् ।
Related