कपिलवस्तु । बैशाख ३० को स्थानीय तह निर्वाचनका लागि कपिलवस्तुमा पाँच दलको सत्ता गठबन्धनबीच चुनावी मोर्चा बन्ने पक्का भएको छ । आज सत्ता गठबन्धन दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा बिचमा बसेको बैठकले कपिलवस्तुका विभिन्न पालिकाहरुमा चुनावी गठबन्धन गरेर जाने गरी निर्णय गरेका हुन ।
यसका लागि नेपाली कांग्रेसले पालिका प्रमूखहरुलाई र अन्य नेताहरुलाई जिम्मा दिएको छ । विशेष गरी कपिलवस्तुमा कुन पालिकामा कुन दललाई कुन पदमा भागबण्डा गर्ने भन्ने विषय सत्ता गठबन्धन दलहरुलाई टुङ्ग्याउन गाह्रो परिरहेको छ । आज कपिलवस्तुका विभिन्न पालिकामा गठबन्धन दलहरुले आ आफ्ना पदीय मागहरु टेबल गरेका छन् भने दलहरुको मागका आधारमा नेपाली कांग्रेसले यसको पूर्णता दिने जसपाका एक नेताले बताउनुभएको छ ।
कपिलवस्तुमा आज बसेको गठबन्धनका पाँच दलहरुका नेताहरुले बैशाख १गते सम्म उमेद्धारको टुङ्गो लगाउने गरी तयारी गरेको बताएका छन् । बैठकमा नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल कलाम, नेकपा माओवादी केन्द्रका रामचन्द्र शाह, जसपा नेपालका शैलेन्द्र यादव, नेकपा एकिकृत समाजवादीका लंक हमाल र राष्ट्रिय जनमोर्चाका दधिराम आचार्य सहित सबै दलका केन्द्रिय तथा स्थनीय नेताहरु सम्मिलित बैठकले कपिलवस्तुका दशवटै स्थानीय तहमा तालमेल गरी उमेद्धारहरुको टुङ्गो लगाउने गरी छलफल गरेको जनाएका छन् । बैठकमा सहभागित नेताहरुले आ आफ्ना रिर्पाेटष् र अनुभुतिजन्य भनाई राखेपछि निर्वाचनको वस्तुगत र आत्मगत समिक्षा गरी अगाडि बढ्ने निर्णय भएको बताइएको छ ।
नेपाली कांग्रेसका जिल्ला सभापति अब्द्ल कलामले पालिकास्तरबाट निर्णय आएपछि जिल्लामा छलफल गरीने र चुनावी रणनिति तय गरी अगाडी बढ्ने बताउनुभएको छ । उहाँका अनुसार सबै दलहरुलाई मिलाएर चुनावमा जाने गरी तयारी भईरहेको छ । दलहरुको मतभार र सम्बन्धित पालिकाको आवश्यकतालाई पनि ध्यानमा राखिने कलामले बताउनुभयो ।