खोजि गर्नुहोस..

भूमिहीनलाई अस्थायी नाप नक्साको निस्सा वितरण कार्य सुरु

कपिलवस्तु  । जिल्लाको बुद्धभूमि नगरपालिकाले भूमिहीनलाई नाप नक्साको अस्थायी निस्सा वितरण कार्य सुरु गरेको छ । वडा नं. १ को पत्थरकोटबाट १२ जना दलित भूमिहीनलाई वितरण गरि उक्त कार्य सुरु गरिएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख केशवराज श्रेष्ठले लामो समय देखी जग्गा प्राप्त गर्न नसकेका हरूको लागि नगरपालिकाको प्रयास र राष्ट्रिय भूमि आयोगको समन्वयमा नाप नक्सा प्रमाणपत्र वितरण कार्य शुरु भएको बताए । त्यस्तै ५० जना भूमिहीन सुकुम्वासीलाई समेत अस्थायी निस्सा वितरण गरिएको छ । बर्षौदेखि जग्गा नभएका तर बसोबास गरिरहेका स्थानीयले जग्गाको स्वामित्व पाउने आश पलाएको छ । वितरण समारोहमा बुद्धभूमी नगरपालिका प्रमुख केशव कुमार श्रेष्ठ ,वडा नं १ अध्यक्ष तेज बहादुर बस्नेत लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *