खोजि गर्नुहोस..

लुम्बिनीमा पाँच दलीय गठबन्धन गर्ने विषयमा कुनै समस्या छैन : मेटमणि चौधरीको

रुपन्देही । नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य एवम् लुम्बिनी प्रदेशका अध्यक्ष मेटमणि चौधरीले लुम्बिनी प्रदेशमा पाँच दलीय गठबन्धन गर्ने विषयमा कुनै विवाद नभएको बतएका छन् ।

उनले प्रदेश बैठकमा सत्ता गठबन्धनले नियत राखेर नछुटाएको पनि प्रक्रिया दिएका छन्। प्रदेशमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धन गर्ने निर्णय गत बुधबार सहमति गरेर हस्ताक्षर पत्र सर्वाजनिक गरेका थिए। तर, एकीकृत समाजवादीका प्रदेश अध्यक्ष चौधरीले आफूहरुलाई बैठक बोलाए पनि समय अभावका कारण उपस्थित हुन नसक्दा छुटेको बताए।
‘लुम्बिनी प्रदेश सत्ता गठबन्धनको बैठक हिजो बेलुका अर्थात चैत्र २३ गते बस्यो । हामीलाई अबेला बैठकमा आउन फोन गरिएको थियो । हामी चुनावी चटारोका कारण उपस्थित हुन सकेनौ। गठबन्धनमा खटपट भएर वा अन्य कुनै नियत राखेर हामीलाई छुटाएको होइन’ चौधरीले भने, ‘सत्ता गठबन्धनको बैठक आजपनि बुटवलमा बसेको छ । प्रदेशमा पाँच दलीय गठबन्धन गर्ने विषयमा कुनै समस्या नभएको पनि चौधरीले जिकिर गरे। एमाले जस्तो प्रतिगामी पार्टीलाई अगामी चुनावबाट ठेगान लगाएर छोड्ने बताए। लुम्बिनी प्रदेशमा कुल १०९ स्थानीय तह छन्। ती सबैमा पाँच दलीय गठबन्धन गरेर जाने विषयमा छलफल भइरहेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *