खोजि गर्नुहोस..

कांग्रेस कपिलवस्तु स्थानीय तहको निर्वाचनमा पाँच दलिय गठबन्धनको बिपक्षमा

कपिलवस्तु । कांग्रेस कपिलवस्तु नगरपालिका नगर कार्य समितिले आउने बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कुनै दलसंग गठबन्धन नगरी एक्लै चुनाव लडनु पर्ने निर्णय गरेका छन । अन्य दलसंग गठबन्धन र तालमेलका बिषयमा कांग्रेस कपिलवस्तको तौलिहवा स्थित पार्टी कार्यालयमा संपन्न बैठकमा नगर कार्य समिति र १२ वटै वडामा वडा समिति अध्यक्षले गठबन्धन गर्न नहुने बताएका हुन।
नगर कार्य समिति, र वडा समितका अध्यक्ष सहीतको बैठकले अन्य दलहरुसंग गठबन्धन नगरी कांग्रेस एक्लै चुनावमा जानु पनेै राय आएको नगर अध्यक्ष खुर्सेद अहमद खाँले बताए । मेयर, उप मेयर, वडाध्यक्ष र वडा सदस्य सहीत कुनै पनि पदमा अन्य दलसंग गठबन्धन नगरी एक्लै चुनाव लडने र आफनो आधिकारीक उम्मेदवारलाई जिताउने निर्णय भएको उनले बताए । उनले ईमान्दारीसंग एकबद्ध भई कांग्रेस लागेमा यस पाली पनि कांग्रेस बिजयी हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *