खोजि गर्नुहोस..

कपिलवस्तुका २ लाख सहित , लुम्बिनीमा १३ लाख टाइफाइड विरुद्धको खोप लगाइने

कपिलवस्तु  । लुम्बिनी प्रदेशमा यही चैत २२ देखि सबै बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीका अनुसार लुम्बिनीमा १३ लाख १३ हजार ९ सय ८९ लाई टाइफाइड विरुद्धको खोप लगाइनेछ । प्रदेशमा चैत २८ सम्ममा सबै बालबालिकालाई खोप लगाएर सक्ने योजना रहेको उनले बताए । बालबालिकाहरुलाई विद्यालयमै केन्द्र तोकेर खोप दिइनेछ ।सरकारले १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिँदैछ । देशभरमा यो उमेर समूहका बालबालिकाको संख्या करिब ७५ लाख रहेको परिवार कल्याण महाशाखाले जनाएको छ । स्कुल स्कुलमा गएर खोप दिने योजना बनाइएको उनले जानकारी दिए । उनले खोप अभियान सकिएको अर्को महिनादेखि यो खोपलाई नियमित खोपको सूचीमा राखेर १५ महिना पुगेका बालबालिकाहरुलाई दिन सुरु गरिने पनि बताए ।

यता कपिलवस्तुमा टाइफाइड रोग विरुद्ध यही चैत २२ गतेदेखि खोप अभियान सञ्चालन हुने भएको छ । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुको लागि खोप अभियान सञ्चालन हुने भएको हो । सो खोप अभियानका लागी एक लाख ५० हजार डोज खोप शुक्रबार नै आईसकेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले जानकारी दिए । आफुहरुलाई एक लाख ८४ हजार बालबालिकालाई खोप लक्ष्य दिएको भएता पनि २ लाख बढी बालबालिकालाई खोप लगाउने तयारी रहेको प्रमुख पाण्डेको भनाई छ ।उनका अनुसार जिल्लामा खोप लगाउने बालबालिकाको संख्या यकिन गर्दा २ लाख बढी देखिएकाले सो संख्यामा खोप लगाउन तयारी भएको हो । बालबालिका लक्षित खोप अभियान भएका कारण अधिकांश खोप केन्द्रहरु विद्यालयमा सञ्चालन गरिने छ भने अपाई पर्ने तथा अन्यत्र खोप केन्द्र भएका ठाउँमा सोही अनुसार खोप अभियान सञ्चालन गरिने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *