खोजि गर्नुहोस..

गठबन्धन सरकार चुनाव सार्ने मनसाय छैनः प्रधानमन्त्री

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको मितिमै स्थानीय तहको निर्वाचन हुने बताएका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास कार्यक्रममा आज बोल्दै काँग्रेस सभापतिसमेत रहेका देउवाले यस्तो बताएका हुन् । ‘निर्वाचन आयोगले निर्वाचन गराउने हो, सरकारले सहयोग गर्ने हो, निर्वाचन आयोग कटिबद्ध भएर निर्वाचन गराएरै छोड्ने प्रतिबद्धता जाहेर गरेको छ,’ देउवाले भने, ‘सरकारको पनि निर्वाचन सार्ने कुनै मनसाय पनि छैन ।’
देश अहिले निर्वाचनको संघारमा रहेको भन्दै उनले स्थानीय निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने कुरामा सबै लाग्नुपर्ने बताए । प्रधानमन्त्री देउवाले सुन्दरहरैंचा नगरको नगर अस्पताल पनि उद्घाटन गरेका छन् ।
नवनिर्मित अस्पताल ३५ शैया क्षमताको छ । प्रधानमन्त्री देउवा आजै पाँचथर र ताप्लेजुङ पनि जाने कार्यक्रम छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *