खोजि गर्नुहोस..

निर्वाचन आयोग एमालेविरुद्ध लागेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगको गतिविधि एमालेविरुद्ध भएको आरोप लगाएका छन् । सोमबार पार्टीको पोलिट्ब्यूरो बैठकमा सम्बोधन गर्दै उनले मतपत्रको रङ हरियो बनाउने, स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्नेजस्ता व्यवस्था एमालेविरुद्ध भएको बताएका हुन् । उनले निर्वाचन आयोगले भित्री रुपमा सत्तारुढ गठबन्धनका दलहरुसँगको परामर्शमा नियमहरू बनाएको आरोप लगाए ।

निर्वाचन आयोगले आचारसंहितामा मनोनयनअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान राखेको छ । ओलीले स्थानीय तहमा नेकपा एमालेका जनप्रतिनिधिलाई अप्ठेरो पार्न आचारसंहितामा यो व्यवस्था राखिएको टिप्पणी गरे । प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धनको सरकार भएकाले यो व्यवस्था नराखिएको तर स्थानीय तहमा एमालेको वर्चश्व भएकाले यो व्यवस्था राखिएको ओलीले आरोप लगाए । केन्द्रमा गठबन्धनकै सरकार छ, प्रदेशमा गठबन्धनकै सरकार छ, स्थानीय तहमा गठबन्धनको वर्चश्व छैन’ उनले भने, ‘नभए स्थानीय सरकारको कार्यकारिणीलाई रिक्त गर्नपर्ने आवश्यकता र औचित्य छैन ।’

निर्वाचन आयोगले आचारसंहितामा नयाँ व्यवस्था गर्दा राजनीतिक दलहरुसँग परामर्श नगरेको उनले बताए । निर्वाचन आयोगले माधव कुमार नेपाल नेतृत्वमा दल दर्ता गर्न हतारो गरेर आफ्नो पार्टी विभाजन गरेको पनि ओलीले आरोप लगाए । त्यस्तै मतपेटिकाको रङ हरियो बनाउनु पनि एमालेविरुद्ध भएको ओलीले बताए । ‘अहिलेसम्म हामीले रङको कारण चिनेनौं, कन्फ्युजन भयो भन्ने कुरा आएको छैन । त्यसैले रङ बदलेर हरियो किन राख्नुपर्‍यो ?’ ओलीले प्रश्न गरे, ‘सूर्य कसरी हरियो हुन्छ ? कि त सिम्बोलिक ब्ल्याक एण्ड हृवाइटमा जानुपर्‍यो । यो स्वेच्छाचारिता होइन भने के हो ?’

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *