खोजि गर्नुहोस..

कांग्रेसका केही नेताहरुले चर्का कुरा गर्न थाले , एमालेसँग चुनावी तालमेल हुन सक्ने : प्रचण्ड

काठमाण्डाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका केही नेताहरुले अतिवादी कुरा गर्न थालेको भन्दै एमालेसँग चुनावी तालमेल हुन सक्ने सङ्केत गर्नुभएको छ । प्रशिक्षणको लागि रुपन्देहीको बुटवल पुगेका प्रचण्डले अहिले पाँच दलीय गठबन्धन मिलेरै  चुनावमा जाने विषयमा छलफल भइरहेको बेला नेपाली कांग्रेसका केही नेताहरुले चर्का कुरा गरेको भन्दै एमालेसँगको चुनावी तालमेलको ढोका बन्द नभएको बताउनुभयो ।

‘एमालेसँग अहिले त छलफल भएको त छैन तर कांग्रेसमा पनि केही अतिवादी नेताहरु छन्, उनीहरुकै कारण कांग्रेसले लखेट्नै खोज्यो भने त के हुन्छ भन्न सकिँदैन । राजनीतिमा असम्भव केही हुँदैन’ प्रचण्डले भन्नुभयो ।  प्रचण्डले गठबन्धनको कुरा चल्दै गरे पनि आफ्नै शक्तिमा चुनाव लड्ने तयारी गर्न नेता/कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।  देशैभरि नभए पनि केही ठाउँमा गठबन्धन हुने तर धेरै ठाउँमा माओवादी एक्लै चुनाव लड्नको लागि तयार हुनुपर्ने प्रचण्डको भनाइ छ । संविधान निर्माण, दलित, जनजाति, महिला, पिछडिएका वर्ग, मधेसी, मुश्लिम लगायतको हक अधिकार माओवादीकै पहलमा हासिल भएको भन्दै प्रचण्डले आफूहरुले ज्यानको बाजी राखेर ल्याएको परिवर्तनमा अरुले दाबी गर्न थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *