खोजि गर्नुहोस..

बालमैत्री कानुन निर्माणमा केन्द्रित हुँदै कृष्णनगर नगरपालिका

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सभा हलमा यूनिसेफ र कृष्णनगर नगरपालिकाको सहकार्यमा कृष्णनगर बाल अधिकार समिति एवं सरोकार वालाहरु बिच छलफल गरि समितिको कार्य प्रभावकारिता बढाउन तथा नियमित गर्न निर्देशिका निर्माणका लागि कार्यशाला गोष्ठी समापन भएको छ । कार्यक्रमको उद्घाटन गर्दै कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र ढकालले बाल बालिकाको हक अधिकार सुनिश्चित गर्न स्थानीय तहहरूले बाल मैत्री कानुनको तर्जुमा गर्नु अति आवश्यक रहेकोमा जोड दिनुभयो ।

युनिसेफ नेपालका प्रकाश कैनीले बाल अधिकार समितिको कार्य अझै प्रभावकारी बनाउन एवं उक्त कार्य स्थानीय कानुनले निर्दिष्ट गरे बमोजिम होस भन्नाका लागि बाल अधिकार समिति र सरोकार वालाहरू बिच छलफल गरि कानुनरनिर्देशिका निर्माण आवस्यक रहेकाले नगरपालिका र यूनिसेफको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

कार्यशाला गोष्ठीमा जिल्ला कानुनी सहायता समिति कपिलवस्तुका अधिवक्ता राजु कुमार श्रीवास्तवले सहजीकरण गर्नु भएको थियो । कार्यक्रम संचालन कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले गर्नुभयो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय कृष्णनगर प्रहरी नायब निरिक्षक ऋषि राज पछाई, माइती नेटाल द्वारा संचालित हाम्रो सम्मान परियोजना कपिलवस्तु संयोजक विकाश श्रीवास्तव, कृष्णनगर नगरपालिका शिक्षा शाखा प्रमुख बलराम पन्थी,कृष्णनगर नगरपालिका प्रशासन शाखा प्रमुख राजेश मिश्र लगायत प्रहरी, पत्रकार, लगायत अन्यको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *