खोजि गर्नुहोस..

नेपालको पिएनजी माथी सानदार जित , राेहित र आरिफकाे १ सय २ रनकाे साझेदारी

काठमाण्डाै ।  आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई दुई विकेटले हराएकाे छ ।  संयुक्त अरब इमिरेट्स (यूएई) काे दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पीएनजीले दिएकाे दुई सय पाँच रनकाे लक्ष्य नेपालले ४९ ओभर २ बलमा आठ विकेट गुमाएर भेटायाे । नेपालका लागि राेहित पाैडेलले ५८ र आरिफ शेखले ५४ रन बनाए । यस्तै करण केसीले २९, आसिफ शेख १६, विनाेद भण्डारी १२, दीपेन्द्रसिंह ऐरी र साेमपाल समान आठ, ज्ञानेन्द्र मल्ल चार र कुशल भुर्तेल एक रनमा आउट भए । नेपालले ४२ रनमा चार विकेट गुमाएकाे अवस्थामा राेहित पाैडेल र आरिफ शेखले पाँचाैँ विकेटका लागि एक सय दुई रनकाे साझेदारी गरे । याेसँगै आरिफ र रोहित शतकीय साझेदारी गर्ने पहिलो नेपाली जोडी बनेका छन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय चार रन बनायाे । उसका लागि चार्ल्स अमिनीले सर्वाधिक ५९ रन बनाए । यस्तै चाद साेपरले ३५, टाेनी उराले २७ र लेगा सियाकाले २५ रन जाेडे ।   बलिङतर्फ नेपालका साेमपाल कामीले तीन विकेट लिए । यस्तै सन्दीप लामिछाने र आरिफ शेखले एक–एक विकेट लिए । यस्तै आजकाे खेलमा ज्ञानेन्द्र मल्लले पहिलाे एकदिवसीय विकेट लिएका छन् । दुई ओभर बलिङ गरेका उनले ६ रन दिएर एक विकेट लिए । शृङ्खला अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल पर्सि शुक्रवार यूएईसँग, तेस्रो खेल आउँदो ७ गते यूएईसँग नै र चैत ८ गते अन्तिम खेल पीएनजीसँग खेल्नेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *