खोजि गर्नुहोस..

कृष्णनगरमा बसपार्कको उदघाटन

कपिलवस्तु  । कपिलवस्तुको कृष्णनगरमा बसपार्कको उदघाटन गरिएको छ । जिल्लाको सबैभन्दा पुरानो बजारको रुपमा रहेको कृष्णनगरमा बसपार्क नहुदाँ सावारी साधन पार्कीङ्ग गर्न समस्या हुदै आएको थियो । कृष्णनगरमा बसपार्क पार्कीङ्ग स्थल नहुदाँ सावरी साधनहरु सडकमै पार्कीङ्ग हुदै आएको थियो । बसपार्क उद्घाटन कार्यक्रमा बोल्दै कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधी सभा सदस्य सांसद अभिषेक प्रताप शाहले बसपार्क व्यवस्थापन भए कृष्णनगरको मुहार फेरिने बताउनुभयो । विगत लामो समय पश्चात मात्र यहाँ बसपार्क स्थापना गर्न पाउदा निकै खुसी महसुस भएको बताउनुभयो । आउने दिनमा बसपार्कलाई आफुले सक्दो सहयोग गर्ने आस्वासन दिनुभयो ।

कार्यक्रममा कृष्णनगर नगरपालिका नगर प्रम्ुख रजत प्रताप शाहले बसपार्क निर्माणमा आफनो सक्दो सहयोग रहनु बताउनुभयो । नगरपालिको तर्फबाट विकास निर्माणको कार्य अघि बढीरहेको बताउनुभयो ।कृष्णनगर विद्युत कार्यालय आगाडी रहेको खाद्य संस्थानको जग्गा लिजमा लिएर बसपार्क निर्माण गरीएको छ । अलिशा सप्लायर्सले बसपार्क सन्चालन गरेको व्यवस्थापक नसरुल्लाह खानले जानकारी दिनुभयो ।कुल १ विघा ७ कठा ३ धुर जग्गामा रु ३० लाखको लागतमा कृष्णनगरमा बसपार्क सन्चालन गरेको सन्चालक खानले जानकारी दिनुभयो । कृष्णनगर यातायात प्रा.ली जावेद आलम खानको अध्यक्षमा बसपार्कको उदघाटन गरीेएको हो । कार्यक्रमा पश्चिम नेपाल बस व्यवसायी अध्यक्ष दधिराम खरेल, समाजसेवी मंगल प्रसाद गुप्ता, मौलान मकसुद खा नेपाली, तुफेल खान, लगायतको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *