खोजि गर्नुहोस..

प्रकाश सपुतको गीतमा प्रचण्डको प्रतिक्रिया : ‘पीर’को विषयलाई लिएर धेरै आवेगमा आउनु नपर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रकाश सपुतको गीत ‘पीर’को विषयलाई लिएर धेरै आवेगमा आउनु नपर्ने बताएका छन् । माओवादीकै केही नेता तथा भातृ संगठन वाइसिएल र अनेरास्ववियू क्रान्तिकारीले सपुतको उक्त गीत युट्युवबाट हटाउन माग गरिरहेका बेला प्रचण्डले उत्तेजित हुनु नपर्ने बताएका छन्। सुदूरपश्चिम प्रदेशको धनगढीमा आज बिहान पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले ‘जनयुद्ध’ बाट शान्ति प्रक्रियामा आउनु ठिक थियो कि थिएन भन्नेमा पनि बहस  भइरहने बताएका थिए।

प्रचण्डले भने, ‘मानिसहरुले आफ्नो अनुभव, आफ्नो अनुभूति अनुसार आफ्नो गीत कविता बनाउँछन्, नाटक बनाउँछन् । डिबेट त हुन सक्छ तर माओवादी आन्दोलनको एउटा पाटोको रुपमा कसैले चर्चा गर्यो भनेर धेरै हामी आवेगमा आउनुपर्ने म ठान्दिनँ ।’ कार्यक्रमको व्यस्तताले त्यो गीत आफूले पूरै हेर्न नपाएको र मिडियामा चर्चा सुनेको बताउँदै उनले भने, ‘त्यसको त्यति धेरै विरोध गर्नुपर्ने जस्तो मलाई लाग्दैन ।’

प्रकाश सपुतले सिर्जनात्मक ढंगले गीत बनाउने गरेको भन्दै प्रचण्डले प्रशंसासमेत गरे । उनले माओवादी जनयुद्धलाई एउटा पाटोबाट मात्र हेरियो भने गलत हुने बताए । ‘एउटा पाटोबाट मात्र माओवादी युद्धलाई, माओवादी नेता कार्यकर्तालाई हेरियो भने त्यो गलत हुन्छ । त्यसका धेरै आयामहरु छन् । धेरै पक्ष छन्, धेरै मर्महरु छन्,’ प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *