नेपाल कम्युनिष्ट पार्टी(माओबादी केन्द्र)कपिलबस्तु नगर समितिको आयोजनामा कार्यकर्ता भेटघाट एवम जनसम्पर्क कार्यक्रम कपिलबस्तु नगरपालिका वडा न २ मा सम्पन्न भएको छ । नगर अध्यक्ष शत्रुघन विलास सिहँ चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता पार्टीका प्रदेश समिति सदस्य एवम यशोधरा गाउँकमिटी अध्यक्ष हजरत अलि खानले गर्नु भएको थियो । त्यस्तै गरी कार्यक्रमको विशिष्ट आतिथ्यता पार्टीको भातृसँगठन अनेरास्ववियू(क्रान्तिकारी)का केन्द्रिय सदस्य एवम जिल्ला अध्यक्ष हरिश चन्द्र खनालले गर्नुभएको थियो । कार्यक्रममा कपिलबस्तु नगरपालिका वडा समिति अध्यक्ष,वडा समिति सदस्य एवम यशोधरा गाउँपालिकाका वडा समिति अध्यक्ष,गाउँकमिटी सदस्य बुद्धिजीवीहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रहनुभएका प्रदेश समिति सदस्य हजरत अलि खाने यहाँको बँशराज एवम बशँ विराज नै विकासको बाधक रहेको बताउनु भयो । बर्षै देखी कपिलबस्तु नगरपालिकामा सत्ता चलाएका तत्कालिन मेयर ,उपमेयर हुन या यस क्षेत्रको प्रतिनिधित्व गर्ने सँसद हुन जो पुन प्रतिस्पर्धामा आउन चाहेका मेयर उपमेयरका प्रतिस्प्रधि हुन तीनीहरुकै कारण कपिलबस्नु नगरपालिका पिछडिएको जिकीर गर्नु भयो ।नेता खानले भन्नुभयो अझै पनि जनताहरु विवेक पुराउन चुकेको खण्डमा यहाँका दलाल काँग्रस,ऐमालेहरु हावी हुने जसले गरीव विपन्न ,दलित,उत्पीडनमा परेका नागरिकको हक अधिकार नै कुण्ठित गर्ने उनीहरुको कुकर्म हुने बताउँदै विगतमा गरको भुललाई सम्झिएर यस पाली नेकपा(माओबादी केन्द्र)लाई भारि मतले विजयी गराउनु अपिल गर्नु भयो ।
त्यस्तै नगर उपाध्यक्ष एवम वडा नम्बर २ का वडा अध्यक्षका प्रत्यासी घनश्याम पाठकले गरिब,निमुखा,श्रमिक,एवम दलितहरुको साझा पार्टी भनेको नेकपा(माओबादी केन्द्र) भएको ठोकुवा गर्नु भएको छ ।उँहाले काँग्रेसले हतियार उठायो,ऐमाले हतियार उठायो तर निरँकुश राजतन्त्रात्मक शासन व्यवस्थालाई हल्लाउन सकेनन तर जब माओबादीले देशमा परिवर्तन चाह्यो हतियार उठायो र जनयुद्ध गरेको बताउँदै यसै जनयुद्धको बलमा राजतन्त्र ढलेको जीकीर गर्नु भयो । माओबादी जनयुद्धको बलमा देशमा सँघीयता,धार्मिक स्वतन्त्रता(धर्मनिर्पेक्षता),समावेशी एवम समानुपातिक प्रतिनित्व ,जातिय विभेद एवम सबैखाले विभेदमा रहेका नागरिकको जीवन स्तर बृद्धि जनयुद्धले नै भुमिका खेलेको बताउनु भयो ।
नगर अध्यक्ष शत्रुघन विलास सिहँ चौधरीले नेपालमा विकासको मोडेल ल्याउने पार्टी नै माओबादी केन्द्र रहेको उल्लेख गर्नु भयो । उहाँले जनयुद्धले गर्दा नै अहिले हामी आफ्नो हक ,अधिकार स्वतन्त्रता पूर्वक सामुहिक वा एकल रुपमा आवाज बुलन्ध गर्न सक्ने भएको केवल नेकपा(माओबादी केन्द्र)कै कारण भएको बताउनु भयो । बर्षौदेखी यहाँको राजनितिमा प्रतिनिधित्व गर्ने यहाँका मेयर,उपमेयर एवम सँसद नै यहाँको विकासको बाधक रहेको बताउनु भयो । कार्यक्रममा बोल्ने क्रममा कोरोना कालमा गरिब विपन्नका लागी बाँढिएको राहतमा निम्न बर्गका नागरिक नभई आफ्नो हेरेर वितरण भएको समेत बताउनु भयो । जागीर नै खानु परे काँग्रेश वा ऐमाले हुनै पर्ने समस्या रहेकाले यी समस्याबाट छुटकारा पाउनकै लागी एक पटक माओबादी केन्द्रलाई जिताउनु पर्ने जिकीर गर्नु भयो । विगतमा माओबादीको नामबाट भएका कमिकमजोरीलाई परिवर्तनकारी आन्दोलनमा भएको घटनाका रुपमा लिएर माओबादी केन्द्र प्रति सकारात्मक धारणा बानाउन आग्रह गर्नु भयो । सबैलाई हेरिसकियो पहिलो पटक एवम एक पटक हाम्रो माओबादी केन्द्रलाई जिताउनु भएमा हामीले गर्ने काम र विकासबाट प्रभावित भएर तपाई जनसमुदायहरु भविश्यका दिनमा हामी यसरी घर घरमा आएर हैन हाम्रो विकास हेरेर होस या हाम्रो एजेन्डामा जनता सुरक्षित भएर माओबादी केन्द्रलाई नै विजय गराउने गरी काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । कार्यक्रमको सञ्चालन नगर सदस्य रामराज दुबेले गर्नुभएको थियो ।
Related