खोजि गर्नुहोस..

सर्वोच्च अदालतमा अहिले गोरु ब्याएको मात्र नभइ पाँच वटा गठबन्धनरूपी बाच्छा पनि पाएको : ओली

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा अपत्यारिलो ढङ्गबाट गोरु ब्याएको टिप्पणी गर्नुभएको छ । आज शुक्रवार पोखरामा आयोजित प्रेस चौतारी नेपालको नवौँ महाधिवेशनलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले सर्वोच्च अदालतमा अहिले गोरु ब्याएको मात्र नभइ पाँच वटा गठबन्धनरूपी बाच्छा पनि पाएको बताउनुभयो । अध्यक्ष ओलीले अहिले संविधान, जनादेशको माहोल र जनतामा रहेको सार्वभौम सत्ताको मजाक उडिरहेको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘संविधानको मजाक उडाइएको छ । जनादेशको माहोल र जनतामा रहेको सार्वभौम सत्ताको मजाक उडाइएको छ । सेटिङमा सबै काम भइरहेको छ । एक जना न्यायाधीशले अमेरिकाबाट इमेल लेख्छन्– केपी ओलीको सरकार नढाली भएको थिएन, त्यसैले संविधानबाहिर गएर फैसला लेख्नुपरेको हो । ती न्यायाधीशको के बिगारिदिएको थियो त्यो सरकारले ? एक जनाले गोरु ब्याउँदैन भन्थे, नेपालको संविधानमा ब्यायो । उहिले भनेका थिए २०५२ सालमा । अहिले गोरु ब्यायो मात्रै होइन, पाँच वटा बाच्छा पायो । जुन गठबन्धन भनिन्छ नि ।’

अध्यक्ष ओलीले अहिले नेपालका राजनीतिक शक्तिहरू दुई धारमा बाँडिएको बताउनुभयो । उहाँले राजनीतिक शक्तिहरू एउटा लोकतन्त्रको पक्षमा र अर्को जालीझेली षड्यन्त्रमा लागिपरेको बताउनुभयो । अध्यक्ष ओलीले देशको अर्थतन्त्र ध्वस्त भइरहेको पनि बताउनुभयो । उहाँले अहिले भइरहेका जालझेललाई आउँदाे चुनावबाट ध्वस्त बनाइने पनि दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भएका बेला जङ्गे बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अहिले बुङ्गे भएको टिप्पणी गर्नुभयो । उहाँले सरकार ढालेँ भन्नेहरू अहिले ढोकाबाहिर कसैले प्रसाद दिन्छन् कि भनेर बसिरहेको पनि बताउनुभयो । नयाँ नेतृत्व चयनका लागि प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन आज शुक्रवारदेखि पोखरामा सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *