खोजि गर्नुहोस..

आजदेखि एक रुपैयाँका नयाँ सिक्का चलनचल्तीमा

काठमाण्डाै । नेपाल राष्ट्र बैंकले आजदेखि एक रुपैयाँका नयाँ सिक्का चलनचल्तीमा ल्याउँदै छ । एक रुपैयाँको सिक्काको अग्र भागमा सिक्काको वृत्ताकार घेराभित्र चौसठ्ठी वटा थोप्ला हुनेछन् । यस्तै, चौसठ्ठी वटा थोप्लाको वृत्ताकार घेराभित्र हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ । सिक्काको माथिल्लो भागमा अंग्रेजीमा रि वान र तल्लो भागमा देवनागरी लिपिमा एक रुपैयाँ लेखिएको छ ।

नेपालको नक्साको दायाँतर्फ दृष्टिविहीनले स्पर्श गरेर पहिचान गर्न सक्ने एउटा मोटो थोप्लो रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी सिक्काको पृष्ठ भागमा आठ थोप्लासहितको वृत्ताकार घेराभित्रको वर्गाकार आकृतिलाई वरिपरि चन्द्र, सूर्य, चक्र, संख, पद्म, गदा तथा बीचमा सगरमाथाको आकृति र आकृतिको मुनि अंग्रेजीमा सगरमाथा नेपाल लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *