खोजि गर्नुहोस..

मुस्लिम महिलाहरूकाे सहभागितामा दिगो विकास र समानता बिषयक अन्तरक्रिया

ताैलिहवा । कपिलवस्तु नगरपालिका वडा नम्बर १० पचेहरामा मुस्लिम महिलाहरुको सहभागीतामा कार्यक्रम संपन्न गरिएको छ ।
हेल्पीङ हेन्ड फर रिलिफ डेभलवमेन्ट तथा हिउमन रिलिफ अर्गनाईजेशन नेपालको सहयोगमा कार्यक्रम संपन्न गरिएको हो । अनाथ बालबालिका सहयोग कार्यक्रम अन्तरगत महिला दिवसमा अवसरमा गरिएको कार्यक्रममा संबिधानमा महिलालाई दिइएको बिभिन्न अधिकारका बिषयमा जानकारी गराइएको थियो ।
उक्त अवसरमा हिउमन रिलिफ अर्गनाईजेशनका अध्यक्ष ताहिर महमुदले संबिधानमा प्रदत्त अधिकार बारे अधिकांस मुस्लिम महिलाहरुलाई जानकारी नभएकाले समस्या भएको बताए । मुस्लिम महिलाहरुलाई अघि बढन कुरानले नरोकेता पनि चेतना र अवसर नपाउदा उनीहरु सशक्त हुन नसकेको उनले बताए । उनले मुस्लिम महिलाहरुले आफनो हक अधिकारकालागि आवाज बुलन्द बनाउनु पर्ने बताए ।
मुस्लिम अगुवा फैजुल रहमानले कुरानमा मुस्लिम महिलाहरुलाई अधिकार दिइए पनि अझै सम्म त्यसको सदुपयोग भने हुन नसकेको बताए । उनले मुस्लिम महिलाहरुलाई पढन लेख्न, परिवार नियोजन, रोजगार, राजनीती लगातयका थुप्रै अधिकार भए पनि अनेक बाहानमा रोक्ने गरिएको उनले बताए । उनले आफनो धर्म र परिवार समाजमा आच नआउने किसिमले मुस्लिम महिला अघि बढनु पर्ने बताए ।
मुस्लिम अगुवा ताहिर हुसेनले बालबालिका संरक्षण बिषयमा जानकारी गराएका थिए । अनाथ बालबालिका सहयोग कार्यक्रम अन्र्गत सो संस्थाले २ सय बढी अनाथ बालबालिकालाई छात्रबृत्ति सहयोग गदै आएको छ । कार्यक्रममा कार्यक्रम संयोजक सद्दाम हुसेन, फिल्ठ अफिसर सुहेल अहमद लगायतको सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *