अभियान कै क्रममा संघको लुम्बिनी प्रदेश पुर्वद्धारा तौलिहवा स्थित मस्जिद टोलमा आयोजित कार्यक्रममा मुस्लिम अगुवाहरुले मुस्लिम महिलाहरु आफनो हक अधिकारकालागि लडनु पर्नेमा जोड दिए । संघका प्रदेश अध्यक्ष ताहिर महमुदले कुरानमा मुस्लिम महिलाहरुलाई अधिकार दिईए पनि अझै सम्म त्यसको सदुपयोग भने हुन नसकेको बताए । उनले मुस्लिम महिलाहरुलाई पढन लेख्न, परिवार नियोजन, रोजगार, राजनीती लगातयका थुप्रै अधिकार भए पनि अनेक बाहानमा रोक्ने गरिएको उनले बताए ।
उनले आफनो धर्म र परिवार समाजमा आच नआउने किसिमले मुस्लिम महिला अघि बढनु पर्ने बताए । सो अवसरमा संघका लुम्बिनी प्रदेश सचिव अनारुल हकले मुस्लिम महिलाहरुलाई सशक्त बनाउन सबैले साथ दिनु पर्ने बताए । उनले कुरानले मुस्लिम महिलाहरुलाई राम्रो काम गर्न कही कतै नरोेको बताए । उनले आफनो हक अधिकार अवसरकालागि मुस्लिम महिलाहरु एकबद्ध भई आफनो अधिकारकालागि आवजा बुलन्द बनाउनु पर्ने बताए । मुस्लिम अगुवा माहोम्द सफी, फजुल रहमानले मुस्लिम महिलाहरुको हक अधिकार लगातयका बिषयमा चर्चा गरेका थिए ।