खोजि गर्नुहोस..

क्यानले एकदिवसीय र त्रिकोणात्मक टी-२० आई सिरिज आयोजना गर्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृखंला खेल्ने भएको छ । टोलीले चैत १४ गतेबाट पीएनजी र मलेसियाविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने भएको हो । नेपाल क्रिकेट संघ (क्यान)ले यसअघि नै मलेसिया र पीएनजीसँग त्रिदेशीय शृंखला खेल्ने बताएको थियो । आइतबार  क्यानले क्यानले पीएनजीसँग एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला तथा पीएनजी र मलेसियासँग ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने मिति घोषणा गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले चैत ११ र १२ गते पीएसनजीसँग एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्नेछ । त्यसपछि नेपालले त्रिवि क्रिकेट मैदानमै त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्नेछ । त्रिदेशीय शृंखला भने चैत १४ गतेबाट २१ गतेसम्म हुने क्यानले जनाएको छ । नेपाली क्रिकेट टोली अहिले श्रीलंकामा छ । युनाइटेड अरब इमिरेट्स (यूएई)मा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि नेपाल श्रीलंका गएको हो । श्रीलंकाले नेपालले त्यहाँको स्थानीय टिमसँग चार अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपाल यूएई जानेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *