खोजि गर्नुहोस..

निवर्तमान अध्यक्ष पौडेलको १२ औं कपिलवस्तु महोत्सवलाई भव्य रुपमा सफल बनाउन अपिल

कपिलवस्तु  । कपिलवस्तु उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलले १२ औं कपिलवस्तु महोत्सवलाई भव्य रुपमा सफल बनाउन अपिल गर्नुभएको छ । यही चैत्र ३ देखि चैत्र १३ गतेसम्म संचालन हुने महोत्सवलाई अब भव्य रुपमा सफल बनाउन निवर्तमान अध्यक्ष पौडेलले सबैलाई अपिल गर्नुभएको हो । उहाँले कोरोना संक्रमणको त्रासले विगतमा स्थगित भएको महोत्सवलाई अब सबैको आकर्षणको केन्द्र कसरी बनाउन सकिन्छ भन्नेमा अहिले आफुहरु लागी परीरहेको बताउनुभयो । महोत्सव सुरु हुन अब केही दिन मात्र बाँकी रहेकाले संघका पदाधिकारीसहित सरोकारवालाहरु जिम्मेवारी बहन गर्दै तयारीमा जुटेको उहाँको भनाई छ ।

माघ महिनामा नै सुरु गर्ने तयारी रहेको महोत्सव कोरोनाको बढ्दो संक्रमणले स्थगित भएसंगै आयोजक तथा यस क्षेत्रका व्यवसायी चिन्तित भएको निवर्तमान अध्यक्ष पौडेलले स्मरण गर्नुभयो । स्थानीय उत्पादन, पर्यटन क्षेत्रको विकास तथा कला संस्कृतिको जर्गेनासंगै थला परेको अर्थतन्त्रलाई महोत्सवले केही भए पनि उकास्न मद्दत मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रत्येक बर्ष लगाईने कपिलवस्तु महोत्सवलाई निरन्तरता दिन पनि अहिले महोत्सवको विशेष रहेको उहाँको भनाई छ । चैत्र ३ गते भन्दा अगाडि नै काम सक्ने गरि कामहरु धमाधम भईरहेको बताउँदै उहाँले १२ औं कपिलवस्तु विगतका महोत्सव भन्दा पृथक हुने दाबी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *