सोही कारण वडा कार्यालयले प्रत्येक बर्ष दलित समुदायका युवायुवतीको अवश्यकतालाई मध्येनजर गरि विभिन्न किसिमका सिप विकास सम्बन्धि तालिम संचालन गरिरहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका वडाध्यक्ष अर्यालले तालिममा प्राप्त ज्ञान सिपलाई व्यवहारिक जीवनमा लागु गरि आयआर्जनको बाटोमा अघि बढ्न आग्रह समेत गर्नुभएको छ । वडा सदस्यहरुको आतिथ्यता रहेको तालिमको समापन कार्यक्रमको संचालन वसन्ती परियारले गर्नुभएको थियो । लक्ष्मी थारुले प्रशिक्षण प्रदान गर्नुभएको उक्त तालिममा १२ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा सहभागिहरुले वडाले आफ्नो जीवन स्तर उकास्न महत्वपूर्ण खेलेकोमा खुशी व्यक्त गर्दै वडालाई धन्यवाद दिए ।