खोजि गर्नुहोस..

पार्टीले गरेको निर्णयले देशलाई ठूलो दुर्घटना हुन बाट बचाएको : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई ठूलो दुर्घटनाबाट जोगाएको बताएका छन्। केन्द्रीय कमिटी बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले गरेको निर्णयले देशलाई ठूलो दुर्घटनाबाट बचाएको दाबी गरेका छन्। राष्ट्रिय सभागृहमा जारी आठौं राष्ट्रिय महाधिवेशनबाट चुनिएका केन्द्रीय सदस्यको बैठकमा बोल्दै प्रचण्डले बन्नै लागेको नयाँ गठबन्धन भत्काएर पुरानो गठबन्धन जोगाएको बताए।

‘परिस्थिति जटिल बनेको थियो। १४ सांसदको पद जाने, सभामुखलाई महाअभियोग लगाउने, सभामुखलाई जेल पठाउनेसम्मको तयारी थियो। यी सबै तयारी भत्काउन सफल भइयो’, उनले भने।  विगतमा आफूलाई दायाँ बायाँ बस्नेले दिएको सल्लाह मान्दा गल्ती भएको भन्दै अब त्यस्तो गल्ती नदोहोर्‍याउने जिकिर गरे। ‘विगतमा मलाई दायाँ बायाँ बस्नेले रूक्माङ्गत कट्वाललाई कारबाही गर भने, मैले कारबाही गरेँ। अब म यस्तो आत्महत्या र मुर्ख हुने बाटो रोज्दिनँ। मैले जे गरेँ ठिक गरेँ’, उनले भने।

एमसिसी पास गराउने विषयमा बुझेरै निर्णय लिएको उनले बताए। एमसिसीबारे सबै अन्तर्राष्ट्रिय कानून बुझेरै निर्णय लिएका हौं। यसले असर नगर्ने बुझेर यो खालको निर्णय लिइएको हो’, उनले भने,‘एमसिसी हचुवाको भरमा पास भएको होइन।’ पार्टीमा केही असन्तुष्ट रहेको भन्दै उनले अब सबै मिलेर जानुको बिकल्प नरहेको बताए। ‘पार्टीमा केही असन्तुष्टी छन्। नारायणकाजीजीहरूले एक थरी कुरा राख्नुभएको छ। देव गुरूङ, कृष्णबहादुर महरा, लिलामणी पोखरेलहरूको अर्को थरी धारणा छन्। हामी हामी भइहाल्यौं। अब सबै एक भएर जानुपर्छ’, उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *