खोजि गर्नुहोस..

युक्रेनस्थित युरोपको सबैभन्दा ठूलो न्युकिलियर ऊर्जा केन्द्रमा आगलागी, त्यसपछि रुसी नियन्त्रणमा

 

युक्रेनमा रहेको युरोपकै ठूलो न्युकिलियर ऊर्जा केन्द्र रुसले कब्जा गरेको छ । रुसले प्रहार गरेको बम विस्फोट हुँदा परमाणु केन्द्रमा आगलागी भएको थियो । आगलागी नियन्त्रणमा आइसकेको तर रुसी सेनाले परमाणु केन्द्र कब्जा गरेको युक्रेनी अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।  न्युकिलियर ऊर्जा केन्द्रमा रहेका कर्मचारीहरुले त्यहाँ रहेको पावर युनिटहरूको अवस्थाबारे निरीक्षण गरिरहेका छन् ।

आगलागीबाट प्लान्टमा कुनै क्षति भने नपुगेको  ऊर्जा केन्द्रका प्रवक्ता एन्ड्री तुजलाई उदृत गर्दै बीबीसीले जनाएको छ । याे न्युकिलियर  केन्द्रमा ६ देशका १५ न्युक्लियर ऊर्जा रियाक्टर रहेको रोयटर्सले जनाएको छ । यदि ऊर्जा केन्द्रमा विस्फोट भयो भने त्यहाँ राखिएको वातावरण अनुकूलन प्रणालीले काम गर्न छाड्ने र केन्द्रमा रहेको रेडियोधर्मी पदार्थ हावामा मिसिँदा मानव समुदायमा ठूलो असर पुर्याउने हार्भर्ड विश्वविद्यालयका प्राध्यापक ग्राहम एलिसनलाई उदृत गर्दै सीएनएनले जनाएको छ । यो केन्द्र सन् १९८४ देखि सञ्चालनमा आएको हो। यो ऊर्जा केन्द्रबाट पाँच हजार सात सय मेगावाट विद्युत् उत्पादन हुने गरेको सीएनएनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *