खोजि गर्नुहोस..

संसद बैठक करिब ८ मिनेट बसेर अर्को ,बैठक यहि फागुन २२ गते बस्नेगरी स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक ८ मिनेट बसेर स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक सुरु हुने वित्तिकै प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुल वेल घेरेर नाराबाजी गर्न थाले । एमालेको नाराबाजीकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सूचना आयोगको बार्षिक प्रतिवेदन पेश गरे ।

लगत्तै सभामुखले प्रतिनिधि सभाको अर्को बैठक यहि फागुन २२ गते बस्नेगरी स्थगित गरे । यो सबै प्रक्रियाका लागि प्रतिनिधिसभाले करिब ८ मिनेट समय लियो । एमालेले २३ भदौ २०७८ देखि निरन्तर संसद अवरोध गर्दै आएको छ । माधव नेपालसहितका १४ जना सांसदलाई कारबाही गर्नुपर्ने नभए सभामुखले राजीनामा दिनुपर्ने एमालेको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *