खोजि गर्नुहोस..

भ्रष्टाचार मुद्दा लागेका बागलुङ नगरपालिकाका उपमेयर निलम्बित

बागलुङ । भ्रष्टाचार मुद्दा लागेका बागलुङ नगरपालिकाका उपमेयर सुरेन्द्र खड्का निलम्बित भएका छन् । बागलुङ बसपार्क निर्माणमा भ्रष्टाचारको आरोप लागेपछि खड्कासहित चारजना निलम्बित भएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि नगरपालिकाका उपप्रमुख, वडा–४ का वडाध्यक्ष धुव्रबहादुर केसी, तत्कालीन डिभिजन इञ्जिनियर दयाराम पौडेल, इञ्जिनियर मनोज शर्मा र सबइञ्जिनियर घनश्याम रिजाल निलम्बनमा परेका हुन् । मुद्दा परेपछि आयोगले उनीहरुलाई निलम्बन गर्नु भन्दै प्रेस विज्ञप्ति पठाएपछि कारबाही गरिएको नगरप्रमुख जनकराज पौडेलले बताए । हाल उनीहरुले पाउने सेवा सुविधासमेत कटौती गरिएको प्रमुख पौडेलको भनाइ छ ।

उपप्रमुख खड्काले चढ्ने गरेको जीप, इञ्जिनियरले चढेका मोटरसाइकल, उनीहरूले प्रयोग गरेका ल्यापटपलगायतका सामग्री पनि फिर्ता गरिएको छ । साथै, कार्यालयबाट उनीहरुको नेम प्लेटसमेत हटाइएको छ । बागलुङ बसपार्क निर्माणको क्रममा कामै नभएको स्थानमा भएको देखाएको, डोजर प्रयोग गरेर काम गरेको स्थानमा डोर हाजिरी देखाएकोलगायतका विषयमा अनुसन्धान गर्दा रकमसमेत अपचलन भएको देखेपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *